सडकको स्तोरन्नतिले पर्यटकीय क्षेत्रको यात्रा सहज हुँदैं

eLd;]gn] lsrs aw ul//x]sf] d"lt{ emfkfsf] eb|k'/–@ l:yt dxfef/tsfnLg k'/ftflTjs dxTjsf] wfld{s ko{6sLo lsrsaw :yndf lgdf{0f ul/Psf] eLd;]gn] lsrs aw ul//x]sf] d"lt{ . t:jL/ M rGb|snf e08f/L, emfkf, /f;;

३ जेठ, मेचीनगर : सडकको स्तोरन्नति हुन थालेपछि झापाको भद्रपुर नगरपालिका २ र कचनकबल गाउँपालिका–४ मा पर्ने धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने प्रसिद्ध पर्यटकीयस्थल किचकबध र नेपालकै सबैभन्दा होचो स्थान कचनकबलसम्मको यात्रा सहज हुने भएको छ ।
परिणाम पछिल्लो समय यसक्षेत्रमा पर्यटकहरुको चहलपहल निक्कै बाक्लो हुन थालेको छ । भद्रपुर नगरपालिका–२ मा अवस्थित १९ बिघा क्षेत्रफलमा फैलिएको किचकबध पर्यटकीय क्षेत्र सडकसँग जोडिएका कारण सवारी साधन सहजरुपमा पुग्ने भएकाले पर्यटकहरुको चहलपहल बढेको स्थानीयवासीको भनाई छ ।
सडक विस्तार तथा सडक स्तरोन्नति गरिएपछि सवारी साधनको पहँुच भएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएका कारण पछिल्लो समय यसक्षेत्रमा पर्यटकीय चहलपहल बढेको स्थानीय गंगा वरालले जानकारी दिईन् । वरालका अनुसार सडक कालोपत्र भएपछि अहिले पर्यटकीयस्थल किचकबधमा दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनमार्फत पर्यटक आउने गरेका छन् ।
किचकबध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनका सेनापति किचकको बध भएको स्थान तथा दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको मानिन्छ । यो क्षेत्र धार्मिक र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण छ, सडक निर्माणले यो क्षेत्रको पर्यटकीय विकास हुने वरालको भनाई छ । महाभारत कथामा पाँच पाण्डवकी रानी द्रौपदीमाथि कुदृष्टि राख्ने ‘किचक’ नामको पात्रलाई मारिएको स्थान भएकाले यस ठाउँको नाम ‘किचकबध’ रहन गएको हो । विराट राजाका सालो थिए किचक । राजाका दरबारमा पाँच पाण्डवसँगै सुसारेको छद्मभेषमा गुप्तवास बसेकी थिइन् द्रौपदी । द्रौपदीको रुप र यौवनमा लठ्ठिएका किचकले बारम्बार दुर्व्यवहार गर्न थालेपछि गुप्तवासमा भान्से बनेका भीमसेनसँगको सल्लाहमा द्रौपदीले कुनै रात नाट्यशालामा किचकलाई एक्लै बोलाइन् । त्यहाँ आएको मौकामा द्रौपदीको पहिरनमा लुकेर बसेका भीमसेनले किचकलाई मुड्क्याएर मारेको किंबदन्ति छ ।

अहिलेको किचकबध स्थल त्यही विराटकालीन नाट्यशाला भएको विश्वास गरिएको छ । वरिपरि गहिरो खेतीपाती हुने कोसौँ टाढासम्मको उर्बर फाँटको बीचमा अग्लो डाँडामा किचकबध स्थल रहेको हुँदा भौगोलिक बनावटका आधारमा समेत यो ठाउँमा पुरानो दरबार हुनसक्ने ठानिएको छ ।किचकबध स्थलमा हाल भीमसेनले किचकलाई बध गरिरहेको दुई वटा मूर्ति छन् । विसं २०३८ मा निर्मित पुरानो मूर्ति भत्किन थालेपछि उत्तरी भागमा नयाँ मूर्ति बनाइएको छ ।
विसं २०५९ सालमा पहिलोपटक यहाँ उत्खनन गरिएको थियो । किचकबध क्षेत्रको उत्खननबाट पुरातत्व विभागले दुई हजार वर्ष पुराना सामग्री फेला पारेपछि यहाँ अवलोकन गर्न आउनेको संख्या बढेको यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि सक्रिय किचकबध धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थल संरक्षण समितिले जनाएको छ । समिनितले यसक्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने लक्ष्य राखेर विविध काम गरिरहेको छ ।
विभागको पटक–पटकको उत्खननका क्रममा भेटिएका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराही विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । परीक्षणबाट ती सामग्री करिब २२ सय वर्ष पुराना रहेको पुष्टि भएको उत्खनन टोलीका नेतृत्वकर्ता उद्धव आचार्यलाई उद्धृत गर्दै जनाइएको छ ।
उत्खननका क्रममा उत्तरपूर्वतर्फ एउटा बहुतले ठूलो भवन, दक्षिणतर्फ अर्को भवन, उत्तरपश्चिमतर्फ सुरक्षाकर्मी बस्ने सानो कोठासहित पाँचवटा भौतिक संरचना फेला परेका छन् । भवनका इँटा सतहभन्दा माथिसम्म देखिने अवस्थामा छन् ।
पर्यटकीय आकर्षण बढाउन यहाँ २० फिट अग्लो भीम–किचक प्रतिमा, पोखरी, रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन तथा बिदा मनाउन आउने आगन्तुकको संख्या बढ्दै जाँदा विगतको तुलनामा किचकबध क्षेत्रमा पर्यटकीय चहलपहल पनि वृद्धि भएको बताइएको छ ।
झापाको मेचीनगरस्थित काँकरभिट्टा, भद्रपुर, चारआली र विर्तामोड जताबाट आए पनि कालोपत्र सडक किचकबधस्थल नजिकसम्म पुगिसकेको छ । ॅपहिले सडकमार्ग अप्ठ्यारो भएको गुनासो आउँथ्यो । अहिले जुन बाटो प्रयोग गरे पनि किचकबध पुग्न सहज भएको छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्र सडक विस्तार गर्ने आशा गरेका छौँ ।’ उनले थपे ।
हरेक वर्ष माघ शुक्ल पूर्णिमाका दिन यहाँ धार्मिक मेला लाग्दै आएको छ भने मेलामा सबै धर्म र सम्प्रदायका मानिसको घुइँचो लाग्ने गरेको छ । स्थानीयवासीका अनुसार राजवंशी समुदायका मानिसले किचकबध स्थलको उत्तरी भागमा रहेको पुरानो पोखरीमा विशेष पूजाआजा गर्दैआएका छन् ।
प्राकृतिक दृश्यावलोकनका लागि समेत सुन्दर मेची र देउनिया नदीको दोभानमा अवस्थित किचकबध परिसरमा सतीदेवी, विष्णुपादुका र शिवको मन्दिर छ । दक्षिणी भागमा धर्मशालाका लागि बनाइएको दुई तले भवनमा प्रहरीको अस्थायी बिट र छाउनी रहेको छ ।

 

त्यसैगरी, कचनकबल गाउँपालिका–४ मा अवस्थित कचनकबल समुद्री सतहबाट ५८ मिटर उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा परिचित छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर दूरीमा रहेका यी दुवै पर्यटकीयस्थल महेन्द्र राजमार्गको विर्तामोड, चारआली र पूर्वीनाका काँकडभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा पर्छन् ।
कचनकबललाई जोड्ने सडक हाल कालोपत्र भइसकेको छ । किचकबधस्थलसम्म पुग्ने सडक पनि स्तरोन्नति हुँदै डेढ किलोमिटर नजिकसम्म कालोपत्र पुगेको किचकबध धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थल संरक्षण समितिले जनाएको छ । विगतमा ग्राभेल र धुलाम्मे सडकका कारण पर्यटकले सास्ती खेप्नुपर्थ्यो । अहिले बनियानी बजारदेखि कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँचमार्ग अहिले कालोपत्र भइसकेको कचनकबल गाउँपालिकाले जनाएको छ ।
नेपालकै सबैभन्दा होचो स्थान कचनकबलसम्म पनि कालोपत्र सडक विस्तार गरिएको छ । अब बाह्य तथा आन्तरिक पर्यटक राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए ।
उनका अनुसार उक्त स्थानमा पर्यटकीय आकर्षण बढाउन पोखरीमा माछाको आकारको प्रतिमालगायत भौतिक संरचना निर्माण गरिएको छ । सडक कालोपत्र भएपछि दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनमार्फत आउने पर्यटकको चहलपहल बढेको छ ।
नेपालकै चर्चित पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा सडक पहुँच पुगे पनि पर्यटकको बसाइ लम्ब्याउने खालका सुविधाको अझै अभाव रहेको छ । यो अभाव टार्न सके यहाँ आउने पर्यटकहरुले एक दुई रात कटाउन सक्ने स्थानीय व्यवसायीहरुको भनाई छ । यसको पूर्वाधार विकासमा सरोकारवालाहरुको ध्यान पुगे किचकबध पूर्वको एक लोकप्रिय गन्तव्य बन्नेमा दुई मत हुन सक्दैन ।
महेन्द्र राजमार्गलाई एसियाली राजमार्गका रूपमा स्तरोन्नति गर्ने काम पूरा भएपछि यी पर्यटकीयस्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

Exit mobile version