काठमाडौं उपत्यकाभित्र आज ( बिहिबार)राति ८ बजेबाट सवारीसाधन सञ्चालनमा राेक

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । बिहीबार (आज) राति ८ बजेदेखि काठमाडौं उपत्यकाभित्र सवारीसाधन सञ्चालनमा राेक लगाइएकाे छ।

पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै स्थानीय प्रशासनले आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरेकाे हाे ।

आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको जनाइएको छ । अन्य ढुवानीका साधन भने तोकिएका समयमा सञ्चालन गर्न सकिने छ ।

अत्यावश्यक काममा प्रयोग हुने सवारीसाधन भने चौबिसै घण्टा सञ्चालन गर्न पाइने काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत राखिएको समेत ललितपुर जिल्ला प्रशासन कार्यालयले जानकारी दिएकाे छ ।

उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रजिअसहितको बैठकले उक्त आदेश जारी गरी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.