एकवर्षमा मोटरसाईकलमामात्रै ३४ जनाको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

१६, भदौ मेचीनगर :  २०७७ साल साउन ३ गते पूर्व पश्चिम राजमार्गको कमल गाउँपालिका—३ मा मे १० प ९८२६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक झापा गाउँपालिका—५ का २७ वर्षीय प्रदिप लम्सालको मृत्यु भयो ।

सोही वर्षको मंसिर ३ गते पूर्व पश्चिम राजमार्गका विर्तामोड नगरपालिका—६ बुट्टाबारीमा भएको मे २ प ४८७७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर मोटरसाइकल चालक झापा बुद्घशान्ति गाउँपालिका —३ का २४ वर्षीय कुशल लिम्बु र ११ वर्षीय जीवसन कडेलको मृत्यु भयो ।

२०७७ पुस २१ गते शिवसताक्षी —८ मा भएको मोटरसाइकल दुर्घटनामा परेर मोटरसाइकल चालक सुनसरी बराह —७ का २९ वर्षीय ज्ञानेन्द्र तामाङ र त्यसमा सवार इटहरी उपमहानगरपालिका —५ की २८ वर्षीया सलिना राईको मृत्यु भयो । प्रदेश १—०२—०४३ प ९२१८ नम्बरको मोटरसाइकल दुघर्टनामा परी दुवैजनाको मृत्यु भएको प्रहरीको अभिलेखले देखाएको छ । झापामा मोटरसाइकल दुर्घटनमा परेर ज्यान गुमाउँने गरेका यी माथिका घटना त केही प्रतिनिधि मात्र हुन् । अन्य सवारी साधनको तुलनमा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेको तथ्याङ्क जिल्ला ट्राफिक प्रहरी कार्यालय झापासँग लामै छ ।

प्रहरीको भनाई अनुसार झापा जिल्लामा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या अन्य सवारी साधनका तुलनामा झण्डै ५० प्रतिशत छ । गत आर्थिक वर्ष २०७७/०७८ को एकवर्षे अवधिमा झापा जिल्लाका अलग अलग स्थानमा भएका सवारी दुघर्टनामा परेर ९३ जनाको ज्यान गएको छ । तीमध्ये ३४ जना त मोटरसाइकल चालक र त्यसमा सवारमात्र रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक निशेष चापागाईँको भनाई छ । मृत्युहुनेमा अधिकाँश ३० वर्ष उमेर भन्दा कमका छन् । प्रहरीको तथ्याङ्क अनुसार दुर्घटनामा परेका कुल सवारी साधन मध्ये ५५ प्रतिशत मोटरसाईकल नै रहने गरेका छन् । मोटरसाइकल तीव्ररुपमा चलाउँने गरेका कारण दुर्घटना हुने प्रहरीको भनाई छ । मोटरसाइकल दुर्घटना भए शायदै मात्र मान्छे बाच्ने गरेको एक प्रहरी अधिकारी बताउँछन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका ट्राफिक प्रहरी सहायक निरीक्षक यमकुमार खड्का मोटरसाइकल चलाउँदा अनिवार्य हेल्मेट लगाउनु पर्ने भएपनि अधिकांशले हेल्मेट प्रयोग नगर्ने बताउनुहन्छ । मोटरसाइकलमा दुर्घटनामा परेका अधिकांशको टाउकोमा चोट देखिएको छ । कम से कम हेल्मेटमात्र प्रयोग गर्ने हो भने पनि जोखिमलाई कम गर्न सकिने उहाँको भनाई छ ।

सवारी साधनमा मोटरसाईकल सवैभन्दा ‘रिश्की’ सवारी साधन भएको बताउदैं प्रहरी निरीक्षक चापागाईँ तीव्ररुपमा सवारी साधन चलाउनु तथा सडकको दुरावस्थाले पनि अत्यधिक दरर्घटना हुने गरेको बताउनुहुन्छ । अझ प्रहरीको अनुपस्थित हुने क्षेत्रमा पुरै लापरवाही हुने गरेको उहाँको भनाई छ । जिल्लामा शहरीक्षेत्रमा भन्दा ग्रामीणक्षेत्रमा सवारी नियम उल्लंघनका घटना हुने गरेको प्रहरीको भनाई छ । अझ प्रहरीको अनुपस्थित हुने क्षेत्रमा पुरै लापरवाही हुने गरेको छ ।

अधिकांश दुघर्टना पूर्व—पश्चिम लोकमार्ग अन्तर्गत मेचीनगरको चारआली, कनकाईको सुरुङ्गा, शिवसताक्षीको झिलझिले, दमकको विभिन्नक्षेत्रमा भएको प्रहरीको अभिलेखले देखाएको छ । लोकमार्गबाहेक अन्य साइडमार्गमा समेत दुघर्टना भएका छन् । यस्तो समस्या ग्रामीणक्षेत्रका सडकमा धेरै रहेको प्रहरी सहायक निरीक्षक खडकाको भनाई छ । क्षमता भन्दाबढी चढ्ने अनि तीव्र गतिमा चलाउने गरेका कारण दुर्घटना हुने गरेको ट्राफिक प्रहरी प्रमुख प्रहरी चापागाईँको भनाई छ । अझ हेल्मेट नलगाई मोटरसाइकल चलाउदा यात्रा झन जोखिम हुने गरेको प्रहरीको भनाई छ ।

गत आर्थिक वर्ष २०७७/०७८ को एकवर्षे अवधिमा २१ हजार १ सय ५७ वटा मोटरसाइकल प्रहरी कारवाहीमा परेका थिए । यो अवधिमा मोटरसाइकलबाट मात्रै कार्यालयले १ करोड ५० लाख ६४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । सवारी दुर्घटना न्यूनिकरणका लागि प्रहरीले बेला बेला विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गदैं आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.