२० कार्तिक, काठमाडौँ : काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पनि भाइटीका लगाइएको छ।
दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर टीका लगाउनका लागि भाइटीकाको अवसर पारेर शनिबार बिहानै देखि सो मन्दिर खुला गरिएको हो।
बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ। २०३५ सालपछि नियमित रुपमा रानीपोखरी भित्रको सो मन्दिर खुल्न थालेको हो। २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले ध्वस्त बनाएको सो मन्दिर गत वर्षमात्रै पुननिर्माण गरिएको थियो।












थाहाखबरबाट




















