हराएको तारा एयरको विमान दुर्घटनास्थल भेटियो

A notice in Nepali from Mechinagar Ward No. 10
Estimated Reading Time: १ min • Total Words: १२९

काठमाडौँ : आइतबार बिहानदेखि बेपत्ता तारा एयरको विमानको दुर्घटनास्थल भेटिएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले हराएको तारा एयरको विमान दुर्घटनास्थलभेटिएको जानकारी दिए । ‘खोजी र उद्धार टोलीले विमान रहेको स्थान पत्ता लगाएको छ’ सिल्वालले ट्‍वीट गरेका छन् ‘थप विवरण आउन बाँकी छ ।’

हराएको विमान आज बिहानैबाट फेरि खोजी सुरु गरिएको थियो । मौसम प्रतिकूलताका कारण आइतबार दिनभरको प्रयास असफल भएपछि खोजी कार्य स्थगित गरिएको थियो । सम्पर्कविहीन विमान आइतबार नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारीहरूले खोजीकार्य गरेका थिए ।

पोखराबाट जोमसोम जाने क्रममा तारा एअरको ९ एनएईटी ट्विनअटर आइतबार बिहान बेपत्ता भएको थियो। विमानमा चालक दलका तीन सदस्यका साथै १९ जना यात्रु थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.