इलाममा भेटियो पाटेबाघ

A notice in Nepali from Mechinagar Ward No. 10
पढ्न लाग्ने समय: १ मिनेट • कुल शब्द: ९४

इलाम । पूर्वी नेपालमा पहिलो पटक पाटेबाघ भेटिएको छ ।

इलामको ३१६५ मिटर उचाइमा पाटेबाघ भेटिएको छ । हाब्रे (रेडपाण्डा) अनुगमन गर्न राखिएको २० वटा क्यामेरा ट्रयापमध्ये एउटा क्यामेरामा पाटेबाघ कैद भएको वन तथा भू–संरक्षण विभागले जनाएको छ । यसअघिको डडेल्धुराको महाभारत वन क्षेत्रमा पाटेबाघ देखिएको थियो ।

यो रेकर्डसँगै पूर्वी पहाडी क्षेत्रको कञ्चनजंघा भू–परिधिमा बिरालो प्रजातिको संख्या ८ पुगेको छ । चितुवा, ध्वाँसे चितुवा, हिउँ चितुवा, सुनौलो बिरालो, चरी बाघ, वन बिरालो र छिरबिरे बिरालो विगतमा रेकर्ड भइसकेका छन् ।

नेपालमा पाटे बाघको संख्या २३५ छ । सन् २०१० मा १२१ रहेका पाटे बाघ अहिले करिब दोब्बरको संघारमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.