श्रीमानद्वारा निर्घात कुटिएकी महिलाको मृत्यु, प्रहरी भन्छ– योनाङ्गभित्र लौराे छिराएर यातना दिएको रहेछ

A notice in Nepali from Mechinagar Ward No. 10

१७ जेठ, काठमाडौँ : गत बिहीबार श्रीमान्को कुटपिटबाट गम्भिर घाइते भएकी खैरहनी नगरपालिका–१० कठारकी ३८ वर्षिया माझी थरकी महिलाकोे निधन भएको छ ।  चितवनस्थित भरतपुर अस्पतालमा उपचारको क्रममा सोमबार उनको निधन भएको हो।

श्रीमानको चरम यातनापश्चात गम्भीर अवस्थामा उनलाई  प्रहरीले बिहीबार उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल भर्ना गरेको थियो।

नसा सेवन गरेका उनका श्रीमान् रामचन्द्र माझीले लौरी यौनाङगभित्र छिराएर यातना दिएको उद्धारमा गएका चितवन जिल्ला प्रहरी कार्यलयका डिसपी नरहरि अधिकारीले बताए ।

‘कोठामा कुटपिट भएको जानकारी आएसँगे हामी त्यहाँ पुगेका थियौँ,’ डिएसपी अधिकारी भन्छन्,‘ गम्भिर घाइते भएका कारण पीडित माझीलाई तत्कालै भरतपुर अस्पताल उपचारका लागि  पठाएको थियाैँ । उनका श्रीमान्लाई नियन्त्रणमा लिएर अनुसन्धानको प्रक्रिया अघि बढाएका छाैँ।’

रक्सी खान पैसा नदिएको निहुँमा उनलाई श्रीमान्ले कुटपिट गरेको डिएसपी अधिकारी बताउँछन् । कुटपिटसँगै श्रीमान् माझीविरुद्ध जर्बरजस्ती करणीको मुद्दासमेत लगाइएकाे छ।

पीडितको पक्षबाट जोहरी दिने कोही नभए पछि प्रहरी प्रतिवेदनले नै ज्यान मार्ने उद्योग र जर्बरजस्ती  करणीको मुद्दा दर्ता भइ सोही अनुसारले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय चितवनका डिसपी नरहरि अधिकारीले जानकारी दिए । उनको  पीडित महिलाको सोमबार बेलुका मृत्यु भएको जानकारी दिए।

काठमाडौँप्रेसबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

[mero_group id="15734"]

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.