अब वायुसेवा कम्पनीहरूले इनरूटको मौसम सफा भए मात्रै उडान अनुमति पाउने

A notice in Nepali from Mechinagar Ward No. 10

१७ जेठ, काठमाडौँ : अब वायुसेवा कम्पनीहरूले इनरूटमा मौसम सफा भएपछि मात्रै उडान अनुमति पाउने भएका छन्।

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान उडाइने स्थल र पुग्ने गन्तव्यको मौसमका आधारमा उडान अनुमति दिँदै आएको थियो। इनरूटको मौसमका सम्बन्धमा एयरलाइन्स आफैंले जाने कि नजाने भनेर निर्णय लिन्थे।

‘अब भने इनरूटको मौसमबारे विमानस्थलहरू आफैंले विचार गर्नेछ। मौसम उडान योग्य छ-छैन भनेर हेरिन्छ। योग्य नभए उडान अनुमति रोक लगाइन्छ,’ प्राधिकरणका उप-महानिर्देशक एवम् प्रवक्ता देवचन्द्रलाल कर्णले सेतोपाटीसँग भने।

यो व्यवस्था भिज्युअल फ्लाइट रुल्स (भिएफआर) प्रणालीमा आधारित रूटमा लागू हुनेछ। भिएफआर प्रणाली भनेको स्थान आँखाले हेर्दै उडान गर्नुपर्ने प्रणाली हो।

आइएफआर प्रणालीअनुसारको उडानमा भने यो प्रणाली लागू हुँदैन। आइएफआर प्रणाली भनेको ‘इन्स्टुमेन्ट फ्लाइट रुल्स’ मेसिनमा आधारित उडान प्रणाली हो। यसमा जहाज कुन ठाउँ पुग्यो भनेर मेसिनबाटै देखिन्छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको रिपोर्टका आधारमा इनरुटको मौसम हेरेर उडान अनुमति दिइने कर्ण बताउँछन्।

उडान सुरक्षालाई ध्यानमा राख्दै यस्तो नियम लागू गर्ने निर्णय गरिएको उनले बताए। उनका अनुसार आजैदेखि यो व्यवस्था लागू भइसकेको छ।

मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरेमा आइतबार भएको तारा एयरको ट्विनअटर जहाज दुर्घटनापछि प्राधिकरणले यस्तो निर्णय गरेको हो।

प्राधिकरणका प्रदीप अधिकारीले सोमबार भएको संसदको अन्तर्राष्ट्रिय समितिमा खराब मौसमका कारण जहाज दुर्घटना भएको प्रारम्भिक अध्ययन प्राप्त भएको जानकारी गराएका थिए।

महानिर्देशक अधिकारीले खराब मौसमका कारण दायाँ मोड्नु पर्ने जहाज बायाँ मोडिएको र गएर भित्तामा ठोक्किएको प्रारम्भिक अध्ययनले देखाएको बताएका हुन्।

घटनाको थप अनुसन्धानका लागि जाँचबुझ आयोग गठन भइसकेको छ। जहाजको ब्ल्याक बक्स पनि फेला परिसकेको छ।जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाको शवसमेत भेटिइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

[mero_group id="15734"]

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.