काठमाडौं । तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा ३ जना बालिकाको लाश भेटिएको छ ।
प्लास्टिकको पोखरीमा डुबेर तीन जनाको मृत्यु भएको हो । स्थानीय कृषक समूहले सिँचाइका लागि निर्माण गरेको प्लास्टिक पोखरीमा पौडी खेल्ने क्रममा उनीहरुको निधन भएको हो ।
मृतकहरुमा सोही वडाकी कोपिला लिम्बूका छोरीहरू ७ वर्षीया रञ्जना र ६ वर्षीया रोजनी तथा देवेन्द्र लिम्बूकी आठ वर्षीया छोरी सुहाना रहेका छन् । वडाध्यक्ष टेकराज आङखेवाले जानकारी दिनुभयो ।
शनिबार दिउँसो घरबाट खेल्न निस्किएका तीनै जना अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा प्लास्टिक पोखरीमा डुबेको अवस्थामा लाश भेटिएको थियो । लाश पोस्ट मार्टमका लागि जिल्ला अस्पताल म्याङलुङ लैजान लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




















