बम विस्फोट गराएको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10
पढ्न लाग्ने समय: १ मिनेट • कुल शब्द: १४०

 

 

काँकरभिट्टा, १ पुस । उदयपुरको धाप्लाङटारमा रहेको कञ्चनजङ्घा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको  आरोपमा प्रहरीले  एक युवकलाई  पक्राउ गरेको छ । पक्राउ परेका ती युवा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको एक कार्यकर्ता भएको  प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालका अनुसार ३२ वर्षीय पवन राईलाई प्रहरीले पक्राउ गरेको हो । उनी पूर्व माओवादी लडाकु पनि हुन् ।

सोमबार राति उद्योगका सुरक्षा गार्ड कर्णबहादुर तामाङलाई नियन्त्रणमा लिई बम विस्फोट गराएको दाहालको भनाई छ । क्रसर उद्योगमा उनले सुतली बम विस्फोट गराएका थिए ।

बम विस्फोटबाट क्रसर उद्योगको जेसिभी, मोटर सहित पेट्रोलको ड्रममा क्षति हुँदा १ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुर, इलाका प्रहरी कार्यालय बेल्टार र सशस्त्र प्रहरी बेसक्याम्प बेल्टारको टोलीले स्थानीय क्षेत्र र जङ्गल आसपास बम विस्फोट गराउनेको तीव्र खोजी गर्ने क्रम अहिले पनि जारी राखेको प्रहरीले जनाएको छ ।

( फोटो : कपुरी ज्यूज )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.