संघीय निर्वाचनमा गठबन्धन दलबीच तालमेल गर्ने सहमति, सिट बाँडफाटका लागि कार्यदल गठन

A notice in Nepali from Mechinagar Ward No. 10

२० साउन, काठमाडौँ : सत्ता गठबन्धन दलबीच आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गर्ने सहमति जुटेको छ । शुक्रबार बालुवाटारमा बसेको बैठकमा मंसिर ४ गते एकै चरणमा हुने संघ र प्रदेशको निर्वाचनका लागि गठबन्धन दलबीच तालमेल गर्ने समझदारी जुटेको हो ।

स्रोतका अनुसार तालमेलका लागि सिट बाँडफाट गर्न ९ सदस्यीय कार्यदल समेत गठन गरिएको छ । कार्यदलमा गठबन्धनमा रहेका पाँचै दलका नेताहरु सदस्य रहेका छन् । कार्यदलले भदौसम्म भागबन्डाको टुंगो लगाउने भनिएको छ ।

गठबन्धन दलबीच तालमेल हुने भएपनि भागबन्डा पेचिलो बन्ने आकलन गरिएको छ । कांग्रेससले प्रतिनिधि सभाको १६५ सिटमध्य ९० भन्दा बढी सिटमा दाबी गर्दै आइरहेको छ । त्यस्तै माओवादी केन्द्रले ५० भन्दा बढी सिट दाबी गर्ने बताइएको छ । त्यस्तै जसपा र एकीकृत समाजवादीले पनि धेरै सिट दाबी गरेको बताइएको छ ।

यस्तो अवस्थामा सहमति गरेर सिट बाँडफाट गर्न कार्यदल बनाइएको हो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.