एसीसी प्रिमियर कप : नेपाल र यूएईबीचको बाँकी फाइनल खेल आज

A notice in Nepali from Mechinagar Ward No. 10
Estimated Reading Time: १ min • Total Words: १४५

१९ वैशाख, काठमाडौँ : एसीसी प्रिमियर कपमा नेपाल र यूएईबीचको बाँकी फाइनल खेल हुँदैछ।

सोमबार बाँकी रहेको खेल मंगलबार ‘रिजर्भ डे’मा हुन लागेको हो। खेल बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ। ​मंगलबार सोमबारकै स्थितिबाट युएईले ब्याटिङ सुरु गर्नेछ।

त्रिवि मैदानमा सोमबार टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २७. ३ ओभरमा ९ विकेट गुमाउँदै १०६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो।

यूएईलाई पराजित गरेर नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यमा छ। ​यूएई पनि नेपालसँग जित हात पारेर चौथोपटक एसिया कपमा स्थान बनाउन चाहन्छ।

नेपाल र युएईबीचको खेल बिहान नौ बजेबाट टियु क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ। सन् १९८४ मा सुरु एसिया कपको १६ औं संस्करणमा पहिलो पटक सहभागिता जनाउने लक्ष्यमा नेपाल रहेको छ।

पहिलो सेमिफाइनलमा कुवेतसँगको खेल भारी वर्षाको कारण खेल रद्द भएपछि नेपाल समूह चरणमा गरेको प्रदर्शनको आधारमा फाइनलमा पुगेको हो। ओमानलाई ‘डीएल मेथडमा दुई रनले हराउँदै यूएईले फाइनलमा स्थान बनाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.