बिर्तामोडमा राष्ट्रिय भक्का दिवस मनाइयो

पुस २९ गते राष्ट्रिय भक्का दिवस

A notice in Nepali from Mechinagar Ward No. 10

झापा । पूर्वी तराईमा बसोवास गर्ने आदिवासी समुदायले आज राष्ट्रिय भक्का दिवस मनाएका छन्। झापाका १५ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा बिर्तामोडमा राष्ट्रिय भक्का दिवस मनाइएको हो।

कोचिला गाभुर फ्रन्टको आयोजनामा बिर्तामोडस्थित सिटी सेन्टरको प्राङ्गणमा चौथो राष्ट्रिय भक्का दिवस मनाइएको हो। कोचिला गाभुर फ्रन्टले कोच लोक सांस्कृतिकसहित हरेक वर्ष पुस २९ गतेलाई राष्ट्रिय भक्का दिवस मनाउने गरेको फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए। २०७४ सालदेखि प्रत्येक वर्ष पुस २९ गतेलाई ‘राष्ट्रिय भक्का दिवस’ घोषणा गरी कोच लोक सांस्कृतिक कार्यक्रमसहित झापाभर ‘राष्ट्रिय भक्का दिवस’ मनाउने गरिन्छ।

कोच राजवंशी समुदायमा मात्र सीमित रहेको भक्का खाने चलन पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिबीच लोकप्रिय बनेपछि भक्काको प्रवर्द्धन गर्न कोचिला गाभुर फ्रन्ट अग्रसर बनेको हो। दिवसमा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनासहित जिल्लाका विशिष्ट व्यक्तिको सहभागीता रहेको थियो। रासस 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.