भारतले नेपालमा चामल निर्यातमा रोक नलगाउँने

A notice in Nepali from Mechinagar Ward No. 10

१९ साउन, काठमाडौँ : भारतले चामल निर्यातमा रोक लगाएको बारे कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले चासो व्यक्त गरेका छन् । यसअघि जस्तै भारतले चामल निर्यातलाई सहज सहज बनाउनुपर्ने उनले बताए ।

काठमाडौं सिंहदरबारस्थित मन्त्रालयमा आज नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्दै कृषिमन्त्री भुसालले चासो व्यक्त गरेका हुन् ।

जवाफमा भारतीय राजदूत श्रीवास्तवले चामल विदेश निर्यातमा रोक लगाएको निर्णय भारतले गरे पनि सो निर्णय नेपालको हकमा लागू नहुने जानकारी गराए ।

‘विदेशमा चामल निर्यात गर्ने निर्णय नेपालको हकमा लागू हुँदैन । यसअघि पनि भारतले गहुँ निर्यातमा रोक लगाएको भएपनि नेपाललाई असर नगरेको र गत वर्ष पनि ३ लाख ५० हजार मेट्रिकटन गहुँ उपलब्ध गराएको थियो । अहिले पनि भारतले नेपाललाई आवश्यक चामल उपलब्ध गराउँन तयार रहेको छ’ भारतीय राजदूत श्रीवास्तवले कृषि मन्त्री भुसालसँग भने ।

भारतले विदेशमा चामल निर्यातमा रोक लगाउँने निर्णय सार्वजनिक भएपछि नेपालमा चामलको भाउ बढेको बताउँदै मन्त्री भुसालले यसलाई सहज बनाउँन पहल गरिदिन राजदूत श्रीवास्तवसँग छलफल गरेका हुन् ।

यस्तै हालै भारत भ्रमणमा गएका मन्त्री भुसालले सो क्रममा भएको सहमति कार्यान्वयनको बारेमा समेत छलफल गरेका छन् ।

भ्रमणका क्रममा भारतले नेपालको सीमावर्ती क्षेत्रमा लम्पी स्किन रोग विरुद्धको खोप लगाउँने सहमति भएको थियो । भारतीय राजदूत श्रीवास्तवले नेपाल र भारतका कृषि मन्त्रीका बीचमा भएको सहमतिहरू कार्यान्वयन हुने जवाफ दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.