नयाँ स्टक एक्सचेञ्ज छिट्टै खुल्ने, १० कित्ताको व्यवस्था हट्ने

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाण्डौ । नेपाली सेयर बजारमा छिट्टै नयाँ स्टक एक्सचेञ्ज सञ्चालनमा आउने भएको छ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.भीष्मराज ढुंगानाले नयाँ स्टक एक्सचेञ्ज छिट्टै सञ्चालनमा आउने बताएका हुन्।

सेयर कारोबार बढ्दै गएकोले पनि अब नयाँ स्टक एक्सचेञ्ज आवश्यक भइसकेको उनको भनाइ छ।

ललितपुरको खुमलटारस्थित बोर्डकोे नयाँ कार्यालयमा बिजशालासँग कुराकानी गरेका अध्यक्ष ढुंगानाले आफ्नो कार्यकालको एकवर्षे अवधि पूरा गर्दा भएका प्रगति विवरण बताउँदै गर्दा नयाँ स्टक एक्सचेञ्ज सञ्चालनमा आउने खुलाएका हुन्। ‘अब नयाँ स्टक एक्सचेञ्ज निर्विकल्प भइसकेको छ’, उनले भने।

अध्यक्ष ढुंगानाले आफू आउँदा १६ लाख रहेको डिम्याट खाताको संख्या हाल बढेर २६ लाख भएको बताए। ‘मेरो सेयर ७ लाखबाट ११ लाख बढी पुगेको छ’, उनले भने।

प्राथमिक बजारमा पनि ३ लाख लगानीकर्ताबाट बढेर १३ लाख पुगेका ढुंगानाले सुनाए। ‘दोस्रो बजारले पनि अहिलेसम्मकै उच्च विन्दु चुमिसकेको छ’, उनले भने, ‘बजार पुँजीकरण पनि साढे ३१ खर्ब पार गरिसकेको छ।’

त्यसैगरी, कारोबार रकम हालसम्मकै उच्च ९.२३ अर्बको भएको पनि अध्यक्ष ढुंगानाले बताए। ‘अब रियल सेक्टर भित्र्याउन बुक बिल्डिङ विधिका लागि तयारी भइरहेको छ’, उनले भने।

टीएमएएस रहेको डिपी होल्डिङमा रियल अपडेट गरिने ढुंगानाले प्रस्ट पारे। ‘सीडीएससीमार्फत ई–केवाईसी लागू भएको छ’, उनले भने, ‘अब बैंक तथा ब्रोकरपिच्छे केवाईसी भर्ने झन्झट अन्त्य हुन्छ।’

हालको १० कित्ताको व्यवस्थाका बारेमा बिजशालाले सोधेको प्रश्नमा अध्यक्ष ढुंगानाले यो स्थानीयको हकमा उपयुक्त भए पनि लगानीकर्ताको हकमा भने अनुपयुक्त रहेको बताए। केही राम्रो भए पनि यी झोले प्रवृत्ति बढेकोले बोर्डले सोचिरहेको र लगानीकर्ता छुट्टाएर व्यवस्था गरिने उनले जानकारी दिए।

प्राथमिक सेयरकै बारेमा अध्यक्ष ढुंगानाले अहिले अनलाइन सुविधामार्फत मोबाइलमा हिँड्दाहिँड्दै सेयर भर्नसक्ने व्यवस्था हुनु धेरै राम्रो भएकोसमेत बताए।

इन्साइडर ट्रेडिङका बारेमा राखिएको जिज्ञासामा अध्यक्ष ढुंगानाले यस विषयमा कडाइका साथ अनुगमन गर्न नेप्सेलाई निर्देशन दिइसकिएको बताए।

नियमित कारोबार समयबाहेक बेलुका पनि कारोबार हुनुपर्ने लगानीकर्ताको मागका विषयमा ढुंगानाले यो व्यवस्था भारतमा पनि भएको र नेपालमा पनि लागू हुने बताए।

त्यस्तै साक्षरता कार्यक्रमअन्तर्गत साक्षरता अभिवृद्धिका लागि पाक्षिक रेडियो कार्यक्रम र पाक्षिक लगानीकर्ता प्रशिक्षण दिने कामहरु पनि भइरहेका ढुंगानाले बताए।

अर्कोतर्फ बोर्डका विषयमा सामाजिक सञ्जालमा गालीगलौजमा उत्रिनु र मिडियाले नकारात्मकमात्रै लेख्नु र देखाउनु दुःखद् भएको ढुंगानाले गुनासो पोखे। कर्मचारीको अभावमा आफूहरुले सोचेजस्तो काम गर्न नसकेको भने उनको स्वीकारोक्ति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.