तुलसी सहकारी विराटनगरका अध्यक्ष कारागार चलान

A notice in Nepali from Mechinagar Ward No. 10

विराटनगर । विराटनगरमा मुख्य कार्यालय रहेको तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा कारागार चलान भएका छन् ।

प्रहरीले जिल्ला अदालत मोरङमा रहेको सहकारी ठगी मुद्दाका प्रतिवदी रहेका शर्मालाई बिहीबार राति विराटनगर ल्याएर शुक्रबार अदालतमा उपस्थित गराएको छ । फरार भएका अध्यक्ष शर्मालाई प्रहरीले भारतबाट पक्राउ गरी ल्याएको थियो ।

भक्तपुरमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको पनि पूर्वअध्यक्ष रहेका शर्माले सो सहकारीको १४ अर्बभन्दा बढि बचत हिनामिना गरेको मुद्दा थियो ।

भक्तपुरमा केन्द्रीय कार्यालय भई ३५ जिल्लामा शाखा कार्यालय रहेको शिव शिखर सहकारीको काठमाडौं शाखाका बचतकर्ताले दिएको उजुरीको आधारमा काठमाडौं जिल्ला अदालतले यसअघि नै उनलाई थुनामा राख्न आदेश दिएको छ ।

मोरङमा उपस्थित गराइएका शर्मालाई मोरङ जिल्ला अदालतले पनि पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ ।

सहकारी संस्थाको रकम हिनामिना गरेको मुद्दामा फरार रहेका शर्मालाई शुक्रबार प्रहरी अदालतमा उपस्थित गराएपछि अदालतले थुनामा पठाएको जिल्ला अदालत मोरङका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

जिल्ला अदालत मोरङका न्यायाधीश राजेश्वर अर्यालको इजलाशले शर्मालाई थुनामा पठाउने आदेश दिएको हो । अदालतले थुनामा पठाउने आदेश दिएपनि कैलालीमा अर्को मुद्दा रहेकोले शर्मालाई कैलाली पठाउने तयारी गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.