जर्मनी बन्यो यू–१७ फिफा विश्वकप फुटबलको च्याम्पियन

A notice in Nepali from Mechinagar Ward No. 10

एजेन्सी । सडन डेथमा फ्रान्सलाई पराजित गर्दै जर्मनी यू–१७ फिफा विश्वकप फुटबलको च्याम्पियन बनेको छ । सडन डेथमा फ्रान्सलाई ४–३ ले पराजित गर्दै जर्मनी च्याम्पियन बनेको हो ।

प्रतिस्पर्धात्मक र राेमाञ्चक बनेकाे निर्धारित समयकाे खेलमा २–२ गोलको बराबरीपछि खेलको निर्णय टाइब्रेकरबाट लिइदा जर्मनीले बाजी मार्न सफल भएको हो ।

त्यसअघि इन्डोनेसियाको सुराकार्तास्थित मानाहान स्टेडियममा शनिबार भएको खेलको निर्धारित समयमा जर्मनीका पेरिस ब्रुनेर र नोआ डार्भिचले गोल गर्दा फ्रान्सका साइमन बोउएब्रे र माथिस एमोउगोउले बराबरी गोल फर्काएर खेललाई टाइब्रेकरमा लम्ब्याएका थिए ।

२९औं मिनेटमा पेरिस ब्रुनेरले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई १–० को अग्रता दिलाए । ५१औं मिनेटमा नोआ डार्भिचले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे । त्यसको दुई मिनेटपछि साइमन बोउएब्रेले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएर फ्रान्सको सम्भावना कायम राखे ।

६९औं मिनेटमा जर्मनी १० खेलाडीमा समेटिन पुग्यो । विनर्स ओसावी दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसपछि ८५औं मिनेटमा माथिस एमोउगोउले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

जर्मनीले निर्धारित समयमा दुई गोलको अग्रता जोगाउन नसक्दा खेल टाइब्रेकरसम्म लम्बिएको थियो । यता, फ्रान्सले दुई गोल गर्दै खेललाई टाइब्रेकरसम्म लम्ब्याएपनि नतिजा आफ्नो पक्षमा पार्न असफल रह्यो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.