यस्तो छ उपेन्द्र यादवको प्रतिवेदन

२९ जेठ, काठमाडौँ : पार्टी विभाजनपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)प्रति नरम बनेका छन्।

जनकपुरमा जारी महाधिवेशनमा पेस गरेको ३१ पन्ने प्रतिवेदनमा लोसपासँग सहकार्य गर्न सकिने बाटो खुला राखेका छन्।

लोसपाबारे प्रतिवेदनमा भनिएको छ, ‘समावेशिता, राष्ट्रिय पहिचान र अधिकारकारको पक्षधर लोकतान्त्रिक पार्टी हो। यो पार्टीसँग हाम्रा केही एजेन्डाहरू मिल्छन्। तर, यो पार्टी देश र जनताको हितमा आफ्नो निर्णय आफैँ लिन सक्दैन, अर्काको मुख ताक्ने गर्दछ। तर पनि यो पार्टीसँग सहकार्य गर्न सकिन्छ।’

प्रतिवेदनमा उपेन्द्रले कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र लोसपाबारे छुट्टाछुट्टै विश्लेषण गरेका छन्। यीबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी, नेकपा मसाल, नेकपा (विप्लव), नेमकिपा, मालेको बारेमा समेत सामूहिक रूपमा व्याख्या गरेका छन्।

प्रतिवेदनमा भनिएको छ, ‘कम्युनिष्ट घेराभित्रै नेकपा एकीकृत समाजवादी, नेकपा मसाल, नेकपा (विप्लव), नेमकिपा, माले आदि । यी दलहरू वा त शास्त्रीय साम्यवादको धङधङीबाट ग्रस्त छन् त नेकपा एमालेकै उपग्रही विचार बोक्छन्। राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी जस्ता नयाँ दलहरूले विकास, सुशासन, समृद्धि र सुसंस्कृत राजनीति नभएको चिन्ता व्यक्त गर्दैछन्। यो सकारात्मक कुरा नै हो, तर यी दलका विचार के हो र के कस्ता एजेन्डा बोक्ने हुन्, त्यो प्रस्ट छैन।’

रास्वपा र नाउपा केही नयाँ गरौँ भन्ने हुटहुटीले बनेको हुनसक्ने भए पनि यिनीहरूलाई धैर्यतापूर्वक बुझ्ने, पर्खने गर्नुपर्ने उल्लेख गरेका छन्।

तर, यादवले आफ्नो ३१ पन्ने प्रतिवेदनमा साना दलहरूबारे समेत व्याख्या गर्दा मधेशमा नयाँ शक्तिको रूपमा उदाएको डा. सिके राउतको जनमत पार्टीबारे बोलेका छैनन्। गएको निर्वाचनमा मधेशमा नयाँ निर्णायक शक्तिको रूपमा जनमत स्थापित भएपछि उपेन्द्रको टाउको दुखाइको विषय बनेको छ।

उपेन्द्र र सिकेको सम्बन्ध पानी बाराबारको अवस्था छ। अहिले अशोक राईले पार्टी फुटाएपछि मधेश सरकारबाट समेत हात धुन परेको छ। उपेन्द्र यादव र सिके राउत एउटै सत्ता गठबन्धनमा समेत बस्न नसक्ने परिस्थितिका बीचमा उपेन्द्रले प्रतिवेदनमा जनमतबारे कुनै विश्लेषण नगरेको नेताहरू बताउँछन्।

नेपालप्रेसबाट

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.