कवि/समालोचक महेश क्षितिज को ‘एक्लो महारथी’को लोकार्पण

A notice in Nepali from Mechinagar Ward No. 10

 

काठमाडौँँ, माघ १७ । युवा पुस्ताका उदयीमान समालोचक ,कवि महेश कार्की ‘क्षितिज’को कविता संग्रह लोकार्पण भएको छ। शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उनको कविता संग्रह ‘एक्लो महारथी’को लोकार्पण भएको हो।

कविता संग्रहलाई महेश पौड्याल, मोमिला, राजुकुमार बानियाँ, भूवनहरि सिग्देल, पुष्कर लोहनी, क्षितिजका माता पिताले संयुक्त रूपमा लोकार्पण गरेका हुन्।कार्यक्रममा नवराज लम्सालले स्वागत मन्तव्य दिएका थिए। उनले गाउँ र समाजको असल स्वाद चाखेका कवि महेशका कविताहरू पनि उस्तै असल रहेका बताए। उनले संग्रहबाटै ‘गाउँमा छन् गीतहरू’ शीर्षकको कविता वाचन गरेका थिए।

समालोचक बानियाँ संग्रहबारे समीक्षात्मक टिप्पणी राखे। उनले भने, ‘महेशका कविताहरूमा समयको आभास, ग्रामीण संवाद र समाकालीन चित्र अत्याधिक भेट्न सकिन्छ।’ उनले क्षितिजले एउटा आख्यान, निबन्ध, कथा वा खण्डकाव्य हुन सक्ने विषयलाई कविता बनाएको बताए।

अर्का समीक्षक पौड्याले लेखक एउटा फर्माटमा बस्न थाल्दा कविता उस्तैउस्तै हुने बुझेका कवि क्षितिजले आफूलाई त्यसबाट पर राखेर पात्रबाट बोलेको बताए। उनले भने, ‘क्षितिज आफ्ना कवितालाई मौलिक र पृथक रुपमा उभ्याउन सफल भएका छन्। उनको कवितामा तपस्विको चिन्तन भेटिन्छ।’

यस्तै, कवि मोमिलाले ‘एक्लो महारथी’ संग्रह कवितालाई कतिसम्म सुत्रामक रुपमा प्रस्तुत गर्न सकिन्छ भन्ने उदाहरण रहेको बताइन्। कार्यक्रममा कवि जोति जंगलले लोकार्पण गरिएको संग्रहबाट ‘फिराक पत्र’, कवि लोहनीले ‘मोक्ष’ र कवि घिमिरेले ‘बर्जित सपना’ शीर्षकका कविताहरू वाचन गरेका थिए। शिखा बुक्सले बजारमा ल्याएको उक्त सङ्ग्रहको मूल्य २५० रूपियाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

[mero_group id="15734"]

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.