चिसो अझै केहि दिन रहिरहने : मौसमविद्

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले चिसो अझै रहिरहने जनाएको छ । त्यस्तै तराईका भूभागहरुमा हुस्सु कुहिरोको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल नेपालमा कुनै उल्लेखनीय मौसम प्रणाली नभएको जानकारी दिँदै महाशाखाले देशभरको मौसम सामान्यताया सफा रहने उल्लेख गरेको छ ।

महाशाखाका अनुसार आज (सोमबार) सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहने महाशाखाले जनाएको छ । मंगलबार राति पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

[mero_group id="15734"]

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.