दमकमा आगलागी १३ लाख रुपैयाँको क्षति

A notice in Nepali from Mechinagar Ward No. 10
पढ्न लाग्ने समय: १ मिनेट • कुल शब्द: १५९

१ साउन, दमक :  झापाको दमकमा आज मध्यान्ह आगलागी हुदाँ अन्दाज १३ लाखरुपैयाँ बराबरका धनमाल जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मध्यान्ह झापा जिल्ला दमक नगरपालिका —६ मा दिलमाया लावतीको होटल सेवारोमा अचानक आग्लागी हुँदा उक्त होटल भित्र रहेको लत्ता कपडा खाद्यन्न, तीनवटा फ्रिज , आठवटा ग्याँस सिलिण्डर , दुईवटा इन्भर्टरसहित घर पुर्ण रुपमा जलेर नष्ट हुँदा १३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाई छ।

सोही स्थानमा रहेका ज्ञानु रिजालको पक्की दुई तले घरको पछाडी पट्टीको झ्यालको सिसा सात वटा र घर भित्र रहेको लत्ताकपडा जलेर करीव डेढलाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।

सुरेशकुमार थापाको खाली जग्गा भाडामा लिएर टिनको छानो टिनको टाटीबेरा गरेर एक तले कच्ची घरमा लावतीले होटल सञ्चालन गर्दै आएकी थिईन् । होटलमा खाना पकाउने क्रममा सिलिण्डरबाट ग्यास चुहावट भइ सिलिण्डर पडकी होटलमा आगालागी भएको प्रारम्भिक अनुमान छ ।

दमक, उर्लावारी नगरपालिका, कमल गाउँपालिकाको वारुणयन्त्र, जनपथ, सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा आधा घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.