महासघको स्थापना दिवसमा विविध कार्यक्रम

A notice in Nepali from Mechinagar Ward No. 10

१६ चैत, मेचीनगर  : आज २०८२ साल चैत १६ गते । नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको स्थापना दिवस । आजबाट महासंघ ७१ औँ वर्षमा प्रवेश गरेको छ । वि.सं. २०१२ चैत १६ गते नेपाल पत्रकार संघ गठन भएको थियो । वि.सं. २०५३ जेठ २९ मा संघलाई महासंघमा रुपान्तरण गरिएको हो ।
त्यसैले नेपाल पत्रकार महासंघले चैत १६ गतेलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । स्थापना दिवसको अवसरमा महासंघले काठमाडौं उपत्यकासहित देशभर विभिन्न कार्यक्रम गरेको छ । सात दशक लामो इतिहास बोकेको मुलुककै पुरानो अगुवा नागरिक संस्थाको रुपमा समाजमा स्थापित महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितमा आफूलाई समर्पित गर्दै आएको छ ।
महासंघको स्थापना दिवसमा झापामा पत्रकारिताको शुद्धीकरण र सदृढीकरणको बहस, ज्येष्ठ पत्रकारलाई औषधोपचार खर्च प्रदानलगायतको कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार झापाको मेचीनगर -६ काँकरभिट्टामा पत्रकारिताको शुद्धीकरण र सदृढीकरण विषयक अन्तरक्रिया तथा ज्येष्ठ पत्रकारलाई वार्षिक वृत्ति वितरण गरि नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवसको मनाइएको हो । मेचीनगर नगरपालिकाको सहकार्यमा नेपाल पत्रकार महासंघ झापा शाखाले काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको सभाहलमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्काले गरेका थिए ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले उद्घाटन सत्रको अध्यक्षता गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा प्रमुख अतिथि खड्का, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय महासचिव चन्द्र भण्डारी, कोशी प्रदेश समिति उपाध्यक्ष अम्बिका भण्डारीले शुभकामना व्यक्त गरेका थिए । महासंघको विगतदेखि वर्तमानसम्मकोे अवस्थाका बारेमा विचार राख्दै उनीहरुले अहिले हरेक मिडिया संकटग्रस्त अवस्थाबाट अघि बढेको भन्दैं मिडिया मजवुत भएमात्र देशका हरेक कुरा पारदर्शी हुने बताए । यदि मिडिया बलियो भएमात्र त्यसमा कार्यरत सवै पत्रकारहरूको जीवनस्तर मजवुत हुने वक्ताहरूको भनाई थियो । वक्ताहरुले पत्रकारिताको शुद्धीकरण र सुदृढीकरणका लागि आचारसंहिताको पूर्णपालना, पत्रकारको क्षमता विकास लगायतका विषयमा जोड दिएका थिए ।

त्यसक्रममा पत्रकारिताको शुद्धीकरण र सदृढीकरणका लागि ११ बुँदे ‘झापा संकल्प–पत्र २०८२’ पारित गरिएको छ । कार्यक्रममा जिल्लाका ६५ वर्ष माथिका १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक वृत्ति वितरण गरिएको छ । वार्षिक वृत्ति पाउने ज्येष्ठ पत्रकारहरुमा महासंघ झापा शाखाका पूर्व अध्यक्षहरु गोविन्द चन्द क्षेत्री, केशव आचार्य, चिन्तामणि दाहाल, चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल, लक्ष्मण ढकाल, शिरो सान्दाई, विष्णुकुमार भट्टराई, चुडामणि वशिष्ठ, लेखनाथ परदेशी, लीला बराल, गोपाल गिरी र लक्ष्मी लुइँटेल रहेका छन् ।
महासंघले स्थापना गरेको पत्रकार सहारा उपचार कोषको ब्याजबाट ०८० सालदेखि ६५–७५ वर्ष उमेरसम्मका ज्येष्ठ पत्रकारलाई वार्षिक वृत्तिस्वरुप १५ हजार र सो भन्दा माथिका ज्येष्ठ पत्रकारलाई वार्षिक २० हजार रकम औषधोपचार खर्च वापत प्रदान गरिँदै आएको छ ।
महासंघका सदस्य रहेका ज्येष्ठ पत्रकारलाई वार्षिक रुपमा उक्त रकम उपलब्ध गराइँदै आएको बताइएको छ । सोही कार्यक्रममा केही समय अघि शल्यक्रिया गराएका ज्येष्ठ पत्रकार लक्ष्मी लुइँटेललाई २५ हजार रुपैयाँ उपचार खर्च समेत प्रदान गरिएको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा विषय केन्द्रित अन्तरक्रिया गरिएको थियो । पूर्व अध्यक्ष मोहन काजीको संयोजकत्वमा गठित संकल्प पत्र तयारी समितिले प्रस्ताव गरेको ११ बुँदे संकल्प पत्र सहभागीको सुझावका आधारमा संशोधनसहित पारित गरिएको थियो । संकल्प पत्रमा पत्रकार आचारसंहिताको पूर्ण पालना, पत्रकारिताको स्वच्छता र व्यवसायीकरण, क्षमता विकास, जवाफदेहिता लगायतका विषय समेटिएको छ ।
उक्त समितिमा महासंघ झापाका पूर्व अध्यक्ष तारामणि सापकोटा, अग्रज पत्रकार लोकराज ढकाल, महासंघका सल्लाहकार डिकेश लामा, उपाध्यक्ष विनिशा शर्मा र कोषाध्यक्ष मुक्ति पौडेल रहेका थिए । अन्तरक्रियामा महासंघ झापाका पूर्व अध्यक्ष चिन्तामणि दाहाल, गणेश पोखरेल, सल्लाहकार राजेन्द्र गौतम, प्रेस चौतारी झापाका अध्यक्ष प्रदिप परियार, प्रेस युनियन झापाका सचिव तथा फनिज झापाका अध्यक्ष अर्जुन राजवंशी, नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्य, सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमोल लगायतले पत्रकारिता क्षेत्रको सुधारका लागि सुझावहरु राखेका थिए ।

पत्रकारहरु गंगन ढकाल, प्रविण अधिकारी, राजबाबु शंकर, युवराज आचार्य, सन्तोष आचार्य, विजय भट्टराई, अनिल ढुंगाना, शिशिर चौलागाँई, सावित्रा दाहाल, उत्तम रिजाल, खगेन्द्र घिमिरे, देवेन्द्र प्रसाईं, उमाकान्त खनाल लगायतले विभिन्न समस्या तथा सुझावहरु राखेका थिए ।
अन्तरक्रियाको आचारसंहिता उपाध्यक्ष सुब्रत न्यौपानेले प्रस्तुत गरेका थिए । सचिव राजु पाठकले सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई शब्दमार्फत स्वागत कोषाध्यक्ष मुक्ति पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.