विद्यार्थीलाई फुटबलसँग जोड्दैं : नगरका सवै विद्यार्थीका खुट्टा-खुट्टामा फुटबल पुर्याउने

A notice in Nepali from Mechinagar Ward No. 10
काँकरभिट्टामा अन्तर विद्यालय फुटबल प्रतियोगिताको पत्रकार सम्मेलनमा फुटबल राखेर बसिरहेका आयोजकहरू।

२७ साउन, मेचीनगर : विद्यार्थीहरुको खेल प्रतिभालाई प्रस्फुटन गर्ने उद्धेश्यले झापाको मेचीनगरमा अन्तर माध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगरले आज पत्रकार सम्मेलनमार्फत ‘मेची नेत्रालय अन्तरविद्यालय लिंग कम नकाउट फुटबल प्रतियोगिता २०८३ ’ को तयारीका बारेमा जानकारी गराएको हो । यहि साउन २९ गते शुक्रबारबाट शुरु प्रतियोतिा झापाको मेचीनगर-६ काँकरभिट्टामा रहेको खेलमैदानमा हुने आयोजक संस्थाका अध्यक्ष नवराज ओलीले जानकारी दिए ।
आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका संस्थापक अध्यक्ष एवम् नेपाली राष्ट्रिय यू– २० महिला टोलीका प्रशिक्षक मिनबहादुर बस्नेत, झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेत , नेपाली फुटबलक्षेत्रका कुशल प्रशिक्षक दीपक कार्की, भेट्रान फुटबल क्लब काँकरभिट्टाका संस्थापक अध्यक्ष गंगालाल गुरुङलगायतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा मेचीनगर नगरपालिका वडा नम्बर-६ का सात तथा वडा नम्बर-७ का दुईगरी कुल नौवटा विद्यालयले सहभागिता जनाउने संस्थाका महासचिव लाक्पा तामाङले जानकारी गराए ।

‘यो प्रतियोगिताको उद्धेश्य विद्यालय तहका विद्यार्थी खेलाडीको फुटबल प्रतिभा पहिचान तथा विकास गर्ने पनि हो’ संस्थापक अध्यक्ष मीनबहादुर बस्नेतले भने, ‘ग्रासरुटमा रहेको फुटबलको विकास गर्नु, यस प्रतियोगितामा जुनियर खेलाडीबाट राम्रो र कुशल खेल प्रदर्शन गर्ने खेलाडी उत्पादन गरी उनीहरुबाट छनौट गरेर जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरमा हुने फुटबल प्रतियोगितामा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले सहभागिता गराउनु पनि हो । ’ विद्यालय तहदेखि नै विद्यार्थीलाई फुटबल खेलप्रति आकर्षित गर्दै उनीहरूको खेल क्षमता विकास गर्ने तथा स्थानीय स्तरमा प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्य पनि प्रतियोगिताको हो । \ काँकरभिट्टा माध्यमिक विद्यालय मेचीनगर -६, पशुपति इङ्लिस बोर्डिङ स्कुल मेचीनगर -६, तारापुञ्ज इङ्लिस बोर्डिङ स्कुल मेचीनगर -६, अरुणोदय इङ्लिस बोर्डिङ स्कुल मेचीनगर – ६, लोफोफोरस इङ्लिस बोर्डिङ स्कुल मेचीनगर -७, झापा नेशनल स्कुल मेचीनगर -७, सूर्योदय इङ्लिस बोर्डिङ स्कुल मेचीनगर – ६, नर्थ प्वाइन्ट इङ्लिस बोर्डिङ स्कुल मेचीनगर -६, गंगा मेमोरियल इङ्लिस बोर्डिङ स्कुल मेचीनगर -६ रहेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा सूर्योदय इङ्लिस बोर्डिङ स्कुल र नर्थ प्वाइन्ट इङ्लिस बोर्डिङ स्कुल आमनेसामने हुनेछन् ।
सहभागी विद्यालयलाई दुई समूहमा विभाजन गरिएको छ । पोल ‘ए’ मा नर्थ प्वाइन्ट इङ्लिस बोर्डिङ स्कुल, सूर्योदय इङ्लिस बोर्डिङ स्कुल, , झापा नेशनल स्कुल र पशुपति इङ्लिस बोर्डिङ स्कुल रहेका छन् । त्यस्तै, पोल ‘बी’ मा तारापुञ्ज इङ्लिस बोर्डिङ स्कुल, गंगा मेमोरियल इङ्लिस बोर्डिङ स्कुल, काँकरभिट्टा माध्यमिक विद्यालय र लोफोफोरस इङ्लिस बोर्डिङ स्कुल रहेका छन् ।

प्रतियोगिताका खेलहरू प्रत्येक हप्ताको शनिबार र आइतबार सञ्चालन गरिने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । लिग कम नकआउट ढाँचामा सञ्चालन हुने प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई अगाडि बढाउँदै अन्तिम चरणमा विजेता तथा उपविजेताको टुंगो लगाइने आयोजकको भनाइ छ ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ तथा उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, व्यक्तिगत विधातर्फ पनि खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहन गर्ने गरी पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको बेस्ट कोच, बेस्ट गोलरक्षक, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट खेलाडीले ३ हजार १ सय रुपैयाँ तथा प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ द म्याचले १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
विद्यालयस्तरको फुटबल प्रतियोगितालाई व्यवस्थित रूपमा सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक मेची नेत्रालय रहेको छ । सहभागी विद्यालयले प्रवेश शुलक वापत आयोजकलाई नगद आठ हजार रुपैयाँ बुझाउनु पर्ने छ । पहिलो पुरस्कार नगद ५० हजार रुपैयाँ आयोजक संस्थाका अध्यक्ष नवराज ओलीले घोषणा गरेका छन् ।
प्रतियोगिताका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष दिनेश ओलीको सभापतित्वमा भएको थियो । कार्यक्रममा प्रतियोगिताका सम्बन्धमा जानकारी दिँदै आयोजक तथा सम्बन्धित क्षेत्रका व्यक्तिहरूले विद्यालय तहबाटै फुटबल खेलको विकास गर्न यस्ता प्रतियोगिता निरन्तर आयोजना गर्नुपर्नेमा जोड दिएका थिए । विद्यार्थीलाई खेलकुदसँग जोड्दा उनीहरुको शारिरीक र मानसिक अनुशासन सिक्न मद्धत गर्ने, विकास राम्रो हुने, यसले पढाईमा ध्यान दिन मद्धत पुर्याउने, स्वास्थ्य राम्रो हुने, बलियो बन्ने रोग लाग्ने दर घट्ने, मन फ्रेस हुने, तनाव कम हुने, पढाईको थकान हट्ने, अनुशासित भएर नियममा बस्न र टिममा काम गर्न सकिने, , आत्मविश्वसा बढ्ने, जित र हारलाई सहजरुपमा लिन सकिने सल्लाहकार एवम् खेलप्रेमी गंगालाल गुरुङले बताए ।

कार्यक्रममा सहभागी अतिथिहरूले विद्यालयमा अध्ययनरत विद्यार्थीमा रहेको खेल प्रतिभालाई उजागर गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनीहरूले स्थानीय स्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिनुका साथै भविष्यमा जिल्लास्तर तथा प्रदेशस्तरका खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने धारणा राखेका थिए ।
काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले विगतदेखि नै फुटबल प्रशिक्षण तथा खेल गतिविधिमा काम गर्दै आएको र विद्यालय तहका खेलाडीलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । प्रतियोगिताले विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यार्थीमा अनुशासन, टिमवर्क र खेलभावनाको विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले स्वागत मन्तव्य दिएका थिए भने महासचिव लाक्पा तामाङले कार्यक्रम सञ्चालन गरेका थिए ।

उद्घाटन खेलमै सूर्योदय र नर्थ प्वाइन्टबीच प्रतिस्पर्धा हुने भएकाले प्रतियोगिताको पहिलो खेल नै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । आयोजकले प्रतियोगितालाई सफल बनाउन सहभागी विद्यालय, विद्यार्थी, अभिभावक, खेलप्रेमी तथा स्थानीयवासीलाई सहयोग र उपस्थितिका लागि आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.