शंकर थापा र डिपी खनालको सहकार्यमा नयाँ तीज गीत ‘रानीहार’ सार्वजनिक

A notice in Nepali from Mechinagar Ward No. 10
नयाँ तीज गीत 'रानीहार' को पोस्टर जसमा कलाकारहरू र गायिका संगीता भण्डारी देखिन्छन्।

झापा : नेपाली सुगम तथा लोक संगीतका चर्चित तथा सर्वप्रिय जोडी संगीतकार शंकर थापा ‘इस्माइल’ र गीतकार डि.पी. खनालको सहकार्यमा तयार भएको नयाँ तीज गीत ‘रानीहार’ सार्वजनिक भएको छ। गायिका संगीता भण्डारीको स्वरमा सजिएको यस गीतलाई आकर्षक भिडियोसहित युट्युबमार्फत बजारमा ल्याइएको हो।
नेपाली सांगीतिक क्षेत्रमा एकपछि अर्को हिट र कालजयी गीतहरू पस्किँदै आएका संगीतकार शंकर थापा र गीतकार डि.पी. खनालको जोडीले यसपटक हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै मौलिक र मर्मस्पर्शी सिर्जना ल्याएको छ। गीतमा डि.पी.का भावुक र अर्थपूर्ण शब्द तथा शंकर थापाको कर्णप्रिय लय सिर्जना रहेको छ।गीतको संगीत संयोजन विषम आचार्यले गरेका हुन्। ए वान म्युजिसियन स्टुडियोमा रेकर्डिङ गरिएको गीतको रेकर्डिस्ट राजेश श्रेष्ठ हुन् भने किशोर थापाले मिक्सिङ र मास्टरिङको जिम्मेवारी पूरा गरेका छन्।
गीतको भिडियो पनि निकै उत्कृष्ट र आकर्षक बनेको छ। केशव राज भट्टको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोमा याशु भट्टराई, मिलाशा वाग्ले र गायिका संगीता भण्डारीको जीवन्त अभिनय र नृत्य देख्न सकिन्छ।
विशाल थापाको छायांकन, दिपक विष्टको सम्पादन तथा रंग संयोजन (कलर) रहेको भिडियोमा श्याम पटेल सहायक कोरियोग्राफर र सरोज बुढाथोकीको श्रृंगार रहेको छ। भिडियोको व्यवस्थापन आरडी भट्टाले गरेका हुन्।
नेपाली स्रोता तथा दर्शकहरूका माझ शंकर थापा र डि.पी. खनालको जोडीको यो नयाँ सांगीतिक कोसेली ‘रानीहार’ले पनि विगतका सिर्जनाहरू जस्तै व्यापक माया र चर्चा पाउने अपेक्षा गरिएको छ। भिडियो गायिका संगीता भण्डारीको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।
गीतको भिडियो लिंक:
https://www.youtube.com/watch?v=oDqCfIRmd0g

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.