एनपीएलको तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सद्वारा कप्तान परिवर्तन, हरमित सिंहलाई नेतृत्व

नेपाल प्रिमियर लिगको पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले आगामी प्रतियोगिताका लागि विदेशी खेलाडीलाई कप्तानको जिम्मेवारी सुम्पिएको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
एनपीएलका लागि जनकपुर बोल्ट्सका कप्तान हरमित सिंह

📌 मुख्य बुँदाहरू:

  • नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म काठमाडौंमा हुँदैछ।
  • जनकपुर बोल्ट्सले तेस्रो संस्करणका लागि विदेशी खेलाडी हरमित सिंहलाई कप्तानको जिम्मेवारी दिएको छ।
  • तेस्रो संस्करणमा विदेशी खेलाडीलाई कप्तानको जिम्मेवारी सुम्पने जनकपुर एकमात्र टोली बनेको छ।
  • जनकपुरले सन् २०२४ मा आयोजित पहिलो संस्करणको उपाधि चुम्दै इतिहास रचेको थियो।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले आफ्नो टोलीको नेतृत्वमा परिवर्तन गरेको छ। आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म काठमाडौंमा हुने प्रतियोगिताका लागि जनकपुरले विदेशी खेलाडी हरमित सिंहलाई कप्तानको जिम्मेवारी सुम्पिएको हो।

आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको खेल तालिका यसअघि नै सार्वजनिक गरिसकेको छ। क्यानको तयारीसँगै सहभागी आठै टोलीहरू अन्तिम चरणको तयारीमा जुटेका छन्। यसपटकको प्रतियोगितामा विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमान्डु गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्।


विदेशी कप्तानसहित मैदानमा उत्रने एकमात्र टोली

जनकपुर बोल्ट्सले सन् २०२४ मा आयोजित पहिलो संस्करणदेखि नै एनपीएलमा लगातार सहभागिता जनाउँदै आएको छ। पहिलो संस्करणको उपाधि चुमेर एनपीएलको इतिहासमै अमिट छाप छाडेको जनकपुरले यसपटक भने नयाँ रणनीतिकसहित विदेशी खेलाडीलाई कप्तानी सुम्पिएको छ। यससँगै तेस्रो संस्करणमा विदेशी खेलाडीलाई कप्तान बनाउने जनकपुर एकमात्र टोली बनेको छ।

पहिलो संस्करणको लिग चरणमा जनकपुरले उत्कृष्ट प्रदर्शन गर्दै सातमध्ये पाँच खेलमा जीत र दुई खेलमा हारको नतिजा निकालेको थियो। उद्घाटन खेलमै विराटनगर किङ्सलाई आठ विकेटले पराजित गरेको जनकपुरले आफ्नो दोस्रो खेलमा कर्णाली याक्समाथि पनि आठ विकेटकै सहज जीत हासिल गरेको थियो। इतिहास रचेको जनकपुर बोल्ट्स यसपटक पनि सोही उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिने दाउमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.