प्रधानमन्त्री शाह भारत प्रस्थान, ऊर्जा सहकार्य र व्यापार मुख्य एजेण्डा

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री नयाँदिल्ली पुगेका छन् भने भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा ठूलो आर्थिक सहकार्यबारे छलफल हुनेछ।

A notice in Nepali from Mechinagar Ward No. 10
भारत प्रस्थान गरेका प्रधानमन्त्री बालेन्द्र शाह

📌 मुख्य बुँदाहरू:

  • प्रधानमन्त्री बालेन्द्र शाह नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्।
  • भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहित ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ।
  • ऊर्जा सहकार्य, व्यापार, पारवहन र सम्पर्क सञ्जाल विस्तारलाई भ्रमणको मुख्य एजेण्डा बनाइएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री बालेन्द्र शाह आइतबार नयाँदिल्ली प्रस्थान गरेका छन्। नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहको यो सरकार गठन भएपश्चात्को पहिलो विदेश भ्रमण हो।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह नेतृत्वको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन लगायत उच्च सरकारी अधिकारी, व्यवसायी तथा सञ्चारकर्मी गरी ३५ जना सहभागी छन्। नयाँदिल्ली ओـर्लिएलगत्तै प्रधानमन्त्री शाहले आइतबार साँझ भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने तालिका रहेको छ।

भेटवार्ता र द्विपक्षीय सम्झौता

भ्रमणको मुख्य दिन मानिएको सोमबार बिहान राष्ट्रपति भवनमा औपचारिक स्वागत तथा राजघाटमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। त्यसपछि नयाँदिल्लीको हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ। वार्तालगत्तै दुई देशबीच व्यापार, पारवहन, लगानी र ऊर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न सहमति तथा सम्झौता आदानप्रदान गरिनेछ।

ऊर्जा सहकार्य र परियोजना उद्घाटन

यस भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ। विशेष गरी ऊर्जा क्षेत्रमा कार्य गर्नका लागि १ बिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोगको विषयमा समेत छलफल हुने परराष्ट्र स्रोतले जनाएको छ। सोमबार मध्याह्न नै दुई देशका शीर्ष नेताहरूले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.