अक्सिजन अभाव भएको भन्दै नोबेल अस्पतालले कोरोनाको नयाँ बिरामीको भर्ना नलिने

A notice in Nepali from Mechinagar Ward No. 10

विराटनगर । विराटनगरको नोबेल अस्पतालले कोरोनाका नयाँ बिरामीको भर्ना लिन बन्द गरेको छ । अक्सिजन अभाव भएपछि नयाँ बिरामीको भर्ना बन्द गरेको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार नोबेलमा १७५ जना संक्रमित उपचाररत छन् । ती संक्रमितको लागि एक रातमा १८० सिलिण्डर चाहिन्छ । अक्सिजन अभाव हुँदा भर्ना भएका संक्रमितको उपचारमा समस्या भएपछि नयाँ भर्ना रोकिएको उनले बताए ।

नोबेलमा भर्ना भएका संक्रमितलाई हाईफ्लो अक्सिजनमा राख्नुपर्छ । तर अक्सिजन सप्लाई गर्दै आएका उद्योगको उत्पादन रोकिएपछि बुधबारबाट अक्सिजन अभाव भएको हो ।

नोबेललाई आवश्यक अक्सिजन सुनसरीको खनारमा रहेको पाथीभरा र मोरङको बूढीगंगामा रहेको हिमाल अक्सिजन उद्योगले आपूर्ति गर्दै आएको थियो । मंगलबार दुवै उद्योगको उत्पादनमा समस्या थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.