इटहरीमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु

इटहरी ।इटहरी ६ स्थित वीपी चोकमा शनिबार राती आगलागी भएको छ । आगलागीमा जलेर ५२ वर्षीया गोपीमाया कट्वालको मृत्यु भएको छ ।

विष्णु डाँगीको चार तले घरको दोस्रो तलामा आगलागी भएको बताइएको छ । भित्रबाट चुकुल लगाएको कोठाभित्र भएको आगलागीको कारण खुलेको छैन । कटवालको छेउको कोठामा छोराबुहारी सुतेका थिए । उनीहरु सुतेको कोठामा बाहिरबाट ताला लगाइएको बताइएको छ ।

दमकलले राति नै आगलागी नियन्त्रणमा लिएका कारण अन्य थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

Exit mobile version