Day: फाल्गुन ७, २०७८
नेवा: देय् दबू मेचीनगर अध्यक्षमा उदयकुमार श्रेष्ठ सर्वसम्मत
७ फाल्गुन, मेचीनगर : नेवा: देय् दबू मेचीनगर अध्यक्षमा उदयकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनु भएको छ । आज धुलाबारीमा भएको नगर अधिवेशनबाट आगामी तीन वर्षको लागि १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा इन्द्र कमल प्रधान, उपाध्यक्षमा शोभा श्रेष्ठ र टंक श्रेष्ठ, सचिवमा रेनुका श्रेष्ठ नेवार र ललित प्रधान, कोषाध्यक्षमा सुजन प्रधानलाई…
रेल उद्घाटन गर्न दुई मिति प्रस्ताव
७ फागुन, काठमाडौँ : जयनगर–कुर्था खण्डमा चल्ने रेलको औपचारिक उद्घाटनका लागि भारतीय रेलवे कम्पनी, कोंकणले दुईवटा मिति प्रस्ताव गरेको छ । कोंकणले फागुन १६ (फेब्रुअरी २८) र फागुन १७ (मार्च १) का लागि मिति प्रस्ताव गरेको हो । भारत र नेपालका प्रधानमन्त्रीले भर्चुअल रूपमा उद्घाटन गर्ने भएकाले त्यही अनुसार मिति तय गर्न खोजिएको नेपाल रेलवे…
स्कुल बसबाट उतारेर दाजुबहिनीको अपहरण, विर्तामोडबाट पक्राउ परे आफ्नै फुपाजू
७ फागुन, बुटवल : बालबालिकालाई स्कुल बसबाटै अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रूपन्देही सैनामैना नगरपालिका-५ का ३५ वर्षीय खेमबहादुर पौडेल छन्। पौडेललाई झापा अनारमनी विर्तामोडबाट पक्राउ गरी बालबालिकालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। सैनामैना-६ दुधराक्षस्थित घरबाट सैनामैना-४ बुद्धनगरको प्रभात बोर्डिङ स्कुल गएका १२ वर्षीय प्रसिद्ध…
१ हजार २७२ जना संक्रमण मुक्त : ३५० जनामा संक्रमण पुष्टि
७ फागुन, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार २७२ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३८ जनाको पीसीआर परीक्षण गर्दा १९८ जनामा संक्रमण देखिएको छ भने ३ हजार ५५८ जनाको एन्टिजेन परीक्षण गर्दा १५२ जनामा…
फिलिपिन्समाथि जीतसँगै नेपालको लगातार दोस्रो जीत
७ फागुन, काठमाडौँ : टी-२० विश्वकपको ग्लोबल छनोटमा नेपालले लागतार दोस्रो जित निकालेको छ। ओमानमा जारी ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले फिलिपिन्समाथि १३६ रनको विशाल अन्तरको जित निकाल्यो। पहिला ब्याटिङ गर्दै नेपालले दिएको २१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित ओभरका ८ विकेटको क्षतिमा ८२ रन मात्र बनाउन सक्यो। उसका लागि जोर्डन इल्गराले सर्वाधिक २७ रन…
कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा
७ फागुन, काठमाडौँ : कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम गर्दै थापाले राप्रपा नेपाल घोषणा गर्नुभएको हो । गत मङ्सिरमा सम्पन्न राप्रपाको निर्वाचनमा राजेन्द्र लिङ्देनसँग थापा पराजित हुनुभएको थियो । थापाले महाधिवेशनमा निर्मल निवासले हराएको निष्कर्ष निकाल्नु हुँदै छानबिन गर्नुपर्ने माग…
रोटरी क्लब अफ काँकरभिट्टाको १२ औं स्थापना दिवसको अवसरमा विश्रामालय हस्तान्तरण
६ फागुन, मेचीनगर : रोटरी क्लब अफ काँकरभिट्टाले आफ्नो १२ औं स्थापना दिवसको उपलक्ष्यमा मेचीनगर -११, धाइजनको कोभिड अस्पताल (स्वास्थ्य चौकी) मा निर्माण गरेको विश्रामालय मेचीनगर नगरपालिकालाई हस्तान्तरण गरेको छ । शुक्रबार मेचीनगर–११ स्थित स्वास्थ्य चौकीमा निर्माण गरिएको विश्रामालय रोटरी काँकरभिट्टाका अध्यक्ष रोहित बुढाथोकी, पूर्व अध्यक्ष राधिका क्षेत्री गुरुङले मेचीनगरकी उपप्रमुख मिना पोखरेल उप्रेतीलाई हस्तान्तरण…
आज प्रजातन्त्र दिवस
जहाँनिया हुकुमी शासन अन्त्य भएको दिन हो, आज । राणा शासकहरुको १०४ वर्ष लामो वंशीय, निरंकुश र हुकुमी शासनलाई विदा गरी मुलुकमा ‘प्रजातन्त्रको दियो’ बालिएको थियो, २००७ फागुन ७ का दिन । त्यहीकारण हामी यो दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मान्ने गर्छौ । राणाहरुको वंशीयतन्त्र होइन कि ‘प्रजा’हरुकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा…

आजको राशिफल (मिति २०७८ साल फागुन ७ गते शनिबार)
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ । आफन्तसँग असमझदारी बढ्न सक्छ । मेहनतले कीर्ति दिलाउनेछ। वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला।…
