Day: फाल्गुन ९, २०७८
विश्वकप छनोट : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
९ फागुन, काठमाडौँ : अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेपछि नेपाल समूह बी बाट विजेता बन्दै आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ । अब फाइनल प्रवेशका लागि नेपालले युएईसँग खेल्ने भएको छ । युएई समूह ए बाट उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । दोस्रो सेमिफाइनल खेल ओमान र आयरल्याण्डबीच हुनेछ ।…
एमसिसी प्रक्रियाबाट टुंगिन्छ, गठबन्धन टुट्दैन : प्रचण्ड
९ फागुन, काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसीका कारण गठबन्धन नटुट्ने बताएका छन् । सोमबार उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेलसँगको भेटवार्तामा गठबन्धन नटुट्ने बताएका हुन्। पौडेलसँगको छलफलपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले आफूले छलफलको क्रममा गठबन्धन नटुट्नेमा ढुक्क रहन पौडेललाई आग्रह गरेको बताएका छन्। पौडेलले…
एमसिसीको विपक्षमा उभिने एकीकृत समाजवादीको निर्णय
९ फागुन, काठमाडौँ : सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसीसम्बन्धी सम्झौताको विपक्षमा उभिने निर्णय गरेको छ। सोमबार बिजुलीबजार प्रुडेन्सियल कलेजमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले एमसिसीको विपक्षमा उभिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। उनले आफ्नो पार्टीका सबै सांसद र मन्त्रीहरूले एमसिसीको विपक्षमा मतदान गर्ने बताए। ‘यसमा स्वविवेक…
विश्वकप छनोट : क्यानडा ८० रनमा अलआउट, सन्दीपले लिए ३ विकेट
९ फागुन, काठमाडौँ : आईसीसी टी–२० विश्वकप छनोट ग्लोवल क्यालिफायरमा क्यानडाले नेपालसामू ८१ रनको विजय लक्ष्य पेश गरेको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा १५ ओभरमा ८० रनमा समेटियो । क्यानडालाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले ३ र अविनाश बोहोरा र कमलसिंह ऐरीले २/२ विकेट लिए । कुशल…
पत्रकार माया पकुवालको निधन
९ फागुन, भद्रपुर : भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिककी सम्पादक माया पकुवालको आज विहान ५४ वर्षको उमेरमा निधन भएको छ । केही वर्ष अघि मृगौलाको सफल प्रत्यारोपण उपचार पश्चात पत्रकार पकुवाल घरमै बसेर पत्रकारितामा कार्यरत थिइन् । एक साता अघि रुघाखोकी र निमोनिया संक्रमणले सताएपछि उनलाई सुरुमा मेची अस्पताल र त्यसपछि ओमसाई पाथिभरा हस्पिटलमा भर्ना गरिएको थियो…
१ हजार २०५ जना संक्रमण मुक्त : ३८८ जनामा संक्रमण पुष्टि
९ फागुन, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार २०५ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३८८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा २४७ जनामा संक्रमण देखिएको छ भने २ हजार ९१५ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जनामा…
सरकारमा भएका क्रान्तिकारीका कार्यकर्ताले सडक भत्काए र प्रहरीलाई कुटे : ओली
९ फागुन, काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन दलले कार्यकर्तालाई सडकमा ढुंगा हान्न लगाएर दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । सत्ताधारी गठबन्धनले नै कार्यकर्तालाई सडकमा ढुंगा हान्न लगाएको उनको दाबी थियो । साथै उनीहरूले सडक भत्काएको र प्रहरीमाथि ढुंगा हानेकोप्रति उनले आपत्ति जनाएका थिए । धेरै खर्च लगाएर बनाइएका सडक…
नेपाल प्रहरीका १६ एसपीको सरुवा (सूचीसहित)
९ फागुन, काठमाडौँ : नेपाल प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। आइतबार उनीहरूको सरुवा गरेको हो। प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखा, रानीपोखरीमा कार्यरत एसपी कमल थापालाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्ज सरुवा गरेको छ। यस्तै बागमती प्रदेश प्रहरी गण हेटौंडाका एसपी केदार खनाललाई जिल्ला प्रहरी कार्यालय गोरखा…
दोहोरो चरित्रका कारण फस्दै प्रचण्ड–माधव
९ फागुन, काठमाडौँ : ‘एमसीसी टेबल गर्न हुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु’, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आइतबार अपरान्ह पौने पाँच बजे सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । प्रचण्डले स्वास्थ्य लाभको कामना गरेका घाइतेहरूमध्ये माओवादीकै कार्यकर्ता समेत छन् । एमसीसीविरुद्ध उत्रिएका प्रदर्शनकारीले नयाँ…

आजको राशिफल (मिति २०७८ साल फागुन ९ गते सोमबार)
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला। बाध्यताले अलमल्याउन सक्छ। कृषिमा कामको चाप र चौपायामा केहि समस्या देखिनेछ, तर पनि मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ। रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना…
