२३ साउन, मेचीनगर : मेचीनगर – ७ सतिघट्टामा खोलामा डुबेको अवस्थामा शनिबार एक वृद्धको शव भेटिएको छ ।
वडा नम्बर ७ सतिघट्टा निवासी ७८ वर्षीय तुलाराम खनाल घरबाट करिब ५ सय मिटर दक्षिण स्थानीय पालिया खोलाको पानीमा डुबेको अवस्थामा भेटिएका हुन् ।
पारिवारिक स्रोतका अनुसार मध्यान्न १२ बजे उनी चरनमा रहेको गाई सार्न भनी घरबाट निस्किएका थिए ।
अपराह्न्न ४ बजेसम्म घर नआएपछि परिवारका सदस्यले खोजी गर्दा उनका छोरा तथा छर छिमेकीले उनलाई सतिघट्टास्थित माइती नेपाल पश्चिम पालिया खोला किनारमा घोप्टो परेर पानीमा डुबेको अवस्थामा फेला पारेका थिए ।
मृत अवस्थामा भेटिएपछि छर छिमेकीले स्थानीय प्रहरीलाई खबर गरेका थिए ।
खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले आवश्यक कानुनी प्रकृया पुरा गरी शवको पोस्टमार्टमका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पताल भद्रपुर पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले पोस्टमार्टमको रिपोर्ट प्राप्त भएपछि मात्र घटना बारे थप बताउँन सकिने जानकारी दिए ।
मृतक खनालका श्रीमती, एक छोेरा र एक छोरी छन् ।
साभार : जनसंसदडटकम
