१० फागुन , मेचीनगर : झापा मेचीनगरका युवाहरुले ‘थिंकर्स क्लब’ मेचीनगर गठन गरेका छन् । विद्यमान परम्परागत शैली र परिपाटीलाई त्याग्दै अब युवाहरु पनि समाजप्रति उत्तरदायी हुनुपर्ने र आफुले, पढेका, जानेका, खोजेका नयाँ सोचहरुका साथ समाज सामु आफुहरुलाई उभ्यिाउनुपर्ने आवश्यकता आजको दिनमा अपरिहार्य रहेको भन्दै ‘ध्जभचभ त्जभ क्ष्मभबक द्ययियm भन्ने स्लोगनका साथ एउटा स्वतन्त्र युवा विचारहरु प्रस्तुत गर्ने मञ्चको रुपमा थिंकर्स क्लब मेचीनगर गठन गरेको सदस्य आयूषमान निरौलाले बताउनुभयो ।
समाजमा विद्यमान सबै प्रकारका विकृति, विसङ्गति, अन्तर– विरोधहरूको उचित व्यवस्थापन तथा समाधान सहितको निष्कर्षका निमित्त विभिन्न महत्वपूर्ण सवालमा ध्यान केन्द्रित गर्दै सामाजिक सचेतना अभिवृद्धिका कार्यक्रम सबै क्षेत्रसम्म पुर्याउन र सामाजिक सद्भाव कायम राख्ने उद्घेश्यका साथ एक वैचारिक संस्थाका रुपमा ‘थिंकर्स क्लब’ गठन गरेको उहाँको भनाई छ । सबै किसिमका बिचार अभिव्यक्तिहरूको खुलेर बहस गर्न पनि जरुरी हुन्छ र यसले सत्य–तथ्य अगाडी ल्याउन मद्दत पुर्याउछ । सोही अभिव्यक्तिहरूको खुलेर बहस गर्ने मञ्च हो ‘थिंकर्स क्लब’ ।

‘सभ्य, शिक्षित र समुन्नत समाजको निर्माण आजको आवश्यकता हो’ उहाँले भन्नुभयो—‘हामीले सोचे जस्तो एक समुन्नत समाजको निर्माण गर्नका लागि असल विचारको आवश्यकता पर्दछ । सामाजिक सेवा र विकासको सुन्दर भावना पनि विचारबाटै उदय हुन्छ । ’
क्लबका हरेक सदस्य समान सबैको भूमिका बराबर हुने बताइएको छ । बिशेष गरी यो एउटा आफुहरुलाई नविन सोचका साथ भविष्यका लागि तयार पार्ने र सिक्ने थलोको रुपमा यसलाई लिई पदीय अग्रताका आधारमा नेतृत्व गर्ने लालचबाट टाढा रहेर मूल उद्धेश्य प्राप्तिमा यो क्लब केन्द्रित रहने निरौलाको भनाई छ ।
सामाजिक रूपान्तरणको महाअभियानमा युवावर्गको विशेष भूमिका हुने र यही युवा शक्तिलाई निराशामा नभई आशामा बदल्नका लागि भविष्यको चिन्तन तर्फ बढी उत्प्रेरित गर्नुपर्ने आवश्यकता रहेको सदस्य निरौलाले भनाई छ । यसका लागि युवा वर्गले स्वविवेक प्रयोग गरेर मात्रै भविष्यको चिन्तन गर्न सक्दछन् र रचनात्मक कार्यलाई जोड दिँदै सहि मार्गदर्शन दिन मद्दत गर्दछ भन्ने ठम्मयाई उहाँको छ ।