अमिषा पराजुलीमाथि भएको ‘साइबर बुलिङ’ विरुद्ध मेचीनगर पुरुष सञ्जालको कडा आपत्ति: दोषीलाई कारबाही गर्न माग

राजधानी काठमाडौँमा आयोजित शान्तिपूर्ण प्रदर्शनमा सहभागी भई आफ्ना विचार राखेकी किशोरी अमिषा पराजुलीमाथि सामाजिक सञ्जालमा भइरहेको शृंखलाबद्ध ‘साइबर बुलिङ’ र मानमर्दनको घटनाप्रति मेचीनगर पुरुष सञ्जालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सञ्जालका संयोजक मोहन काजीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना कुरा निर्धक्क राख्न खोज्ने महिला तथा किशोरीहरूलाई चरित्र हत्या र मानसिक यातनामार्फत निरुत्साहित गरिनु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको उल्लेख गर्नुभएको छ।

विज्ञप्तिमा उठाइएका मुख्य बुँदाहरू:

कानुनी कारबाहीको माग: मेचीनगर पुरुष सञ्जालले अमिषा पराजुलीमाथि साइबर हिंसा गर्ने र इनिशा विकको विषयमा अमानवीय टिप्पणी गर्ने दोषीहरूलाई तत्काल पहिचान गरी कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गरेको छ। साथै, महिलाहरूको सम्मानजनक अस्तित्व र स्वतन्त्रताका लागि सञ्जाल सदैव प्रतिबद्ध रहने प्रण समेत गरेको छ।

प्रेस विज्ञप्ति

Exit mobile version