पाकिस्तान टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

Pakistan's captain Sarfaraz Ahmed (4L) celebrates after taking a catch off the bowling of Pakistan's Shadab Khan (3/L) for the dismissal of New Zealand's captain Kane Williamson during the 2019 Cricket World Cup group stage match between New Zealand and Pakistan at Edgbaston in Birmingham, central England, on June 26, 2019. (Photo by Paul ELLIS / AFP) / RESTRICTED TO EDITORIAL USE

एजेन्सी। पाकिस्तान टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो । 

कप्तान बाबर आजम र मोहम्द रिजवानको अर्धशतकको सहयोगमा पाकिस्तानले दिएको १९० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै मात्र १४४ रन बनायो ।

शेख जायद क्रिकेट स्टेडियममा नामिबियाका लागि डेभिड विसले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै क्रिग विलियम्सले ४० रन बनाउँदा स्टेफन बार्डले २९ रन जोडे । 

 
बलिङतर्फ पाकिस्तानका लागि हशन अली, इमाद असिम, हरिस राउफ र सादाब खानले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १८९ रन बनाएको थियो । 

पाकिस्तानका लागि बाबरले ७० रनको अर्धशतकीय पारी खेले । ४९ बल खेलेका उनले ७ चौका प्रहार गरे । त्यस्तै ४९ बल खेलेका रिजवानले ८ चौका र ४ छक्काको सहयोगमा ७९ रनको अर्धशतकीय पारी खेले । मोहम्द हाफिजले ३२ रन बनाए ।

बलिङतर्फ नामिबियाका लागि डेभिड विस र जान फ्रिलिङ्क्सले समान एक–एक विकेट लिए ।

जितसँगै पाकिस्तानले सेमिफाइनलमा स्थान बनाएको छ । समूह ‘बी’मा रहेको पाकिस्तानले ४ खेलमा ८ अङ्क जोडेको छ । पाकिस्तान समूहको शीर्ष स्थानमा छ । 

यता नामिबियाले ३ खेलबाट २ अंक जोडेको छ । नामिबियाको सेमिफाइनल सम्भावना अझै बाँकी छ । 

यसै समूहमा रहेको अफगानिस्तान ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

Exit mobile version