नेपाल नागरिकता दोस्रो संशोधन विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

काठमाडौं : प्रतिनिधिसभाले नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा सदनले अनुमोदन गरेको हो।

अब प्रतिनिधिसभा नियमावलीअनुसार इच्छुक सांसदहरूले विधेयकमाथि संशोधन प्रस्ताव पेस गर्न सक्नेछन्। आइतबार नै विधेयक स्वीकृत गर्ने प्रयास गरिएको थियो, तर गणपूरक संख्या नपुगेका कारण सम्भव भएको थिएन।

Exit mobile version