काठमाडौं,वैशाख २९ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह कोरोना संक्रमणमुक्त भएपछि नर्भिक अस्पतालबाट आज (बुधबार) डिस्चार्ज भएका छन् ।
गत बैशाख ११ गते कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
दोश्रो पटकको परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज डिस्चार्ज गरिएको हो ।
यसैबीच पुर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार आइरहेको अस्पताल श्रोतले जानकारी दिएको छ । गत साता अक्सिजन लेभल घटेपछि आइसियुमा उपचाररत पूर्वरानी कोमलको स्वास्थ्य अवस्थामा सुधार आएपछि वार्डमा सारिएको हो । उनको दोश्रो पटक कोरोना परिक्षण भने केही दिनमा गरिने भएको छ ।
पूर्व राजदम्पती भारतमा आयोजना गरिएको कुम्भ मेलामा सहभागी भई नेपाल फर्के लगत्तै कोरोना संक्रमण पुष्टी भएपछि अस्पताल भर्ना गरिएको हो ।
