झापामा राती १० बजे सम्म मात्र देउसी–भैली खेल्न पाइने

१७ मेचीनगर, कात्तिक : जिल्ला प्रशासन कार्यालय झापाले तिहारको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै तिहारको विशेष पर्व दिपावली मनाउँदा पटका, आतीशबााजी जस्ता विष्फोटक तथा अति प्रज्वलनशील पदार्थको बिक्री वितरण, ओसार प्रसार तथा प्रयोग नर्गन अनुरोध गरेको छ ।

यदि कसैले सूचनाको उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कार्यबाही गरिने कुरा जिल्ला प्रसाशन कार्यालयको सूचनामा उल्लेख गरिएको छ । साथै उक्त सूचनामा देउसी–भैली खेल्दा कोभिड–१९ को स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र खेल्ने र सार्वजनिक जनजीवनमा असर पर्ने कुनै पनि गतिविधि नगर्न अनुरोध गरिएको छ ।

यस वर्ष देउसी–भैली खेल्नलाई राती १० बजे सम्मको समय सीमा जिल्ला प्रशासन कार्यालयले तोकेको छ ।

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालयको सूचना : 

Exit mobile version