आजबाट पशुपति मन्दिर दर्शन गर्न पाइने

A nighttime view of a densely packed cluster of traditional Nepalese buildings with pagoda-style roofs, illuminated by vibrant lights. The main structure in the center has a prominent golden roof and white walls. People are visible on the steps and balconies. The scene is set in a bustling urban area with a stone staircase leading up to the buildings.

२८ माघ, काठमाडौँ : कोरोनाको भाइरसको तेस्रो लहरसँगै दर्शनार्थीका लागि बन्द भएको पशुपतिनाथ मन्दिर आजबाट खुलेको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयको २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान भएकाले आझबाट मन्दिर खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको हो ।

दर्शनार्थी र भक्तजनको गुनासो आएपछि मन्दिर खुला गर्ने निर्णय भएको विकास कोषले जनाएको छ। विश्‍व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार भक्तजनलाई दर्शन गर्न दिने कोषले भनेको छ।

मन्दिर माघ ४ गतेदेखि दर्शनार्थीका लागि बन्द गरिएको थियो।

Exit mobile version