चिनियाँ र अमेरिकी राजदूतले नेपालमा यसरी मनाए दसैं (तस्बिरहरू)

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी (बायाँ) र चिनियाँ राजदूत होउ यान्छी दसैं मनाउँदै। तस्बिर स्रोतः अमेरिकी दूतावास र यान्छीको सामाजिक सञ्जालनेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी (बायाँ) र चिनियाँ राजदूत होउ यान्छी दसैं मनाउँदै। तस्बिर स्रोतः अमेरिकी दूतावास र यान्छीको सामाजिक सञ्जाल

२९ असोज, काठमाडौँ : नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी र चिनियाँ राजदूत होउ यान्छीले दसैं मनाएका छन्।

उनीहरू दुवैले विजया दशमीको टीका लगाएको र लगाइदिँदै गरेका तस्बिरहरू सामाजिक सञ्जालमा राखेका छन्।

अमेरिकी राजदूत बेरीले दसैं मनाएका तस्बिरहरू नेपालको अमेरिकी दूतावासको सामाजिक सञ्जालमा छन्।

बेरीले परिवार र साथीसंगीसँग दसैंका तस्बिर राख्दै लेखिएको छ- तपाईंको दसैंवाला फ्यामिली फोटो एल्बम कस्तो देखिन्छ? राजदूत बेरी, युएसएड मिसनका निर्देशक र परिवारका सदस्यहरूको भने यस्तो देखिन्छ।

त्यस्तै चिनियाँ राजदूत यान्छीले पनि आफ्नो ट्विटर अकाउन्टमा दसैंका तस्बिरहरू पोस्ट गरेकी छन्।

उनले लेखेकी छन्- मेरा नेपाली सहकर्मीहरूसँग दसैं मनाउन पाएकोमा खुसी छु। सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य र उन्नतिको लागि मंगलमय शुभकामना व्यक्त गर्छु।

सबै तस्बिर स्रोतः अमेरिकी दूतावास र यान्छीको सामाजिक सञ्जाल

 

सेतोपाटीबाट

Exit mobile version