विदेशी नागरिक र चालक दलका सदस्यको शव ल्याउन सेनाको हेलिकोप्टर पोखरामा

?????,? ???M ljdfg b'3{6gfsf] p2f/ ????fsf] ;]tL vf]+rdf cfOtaf/ ???? otL Po/nfoG;sf] ljdfg b'3{6gfdf k/]sfx?sf] ;f]daf/ laxfg}b]lv p2f/ tyf j]kQfsf] vf]hL sfo{ ;'? ul/Fb} . ?????? ?????÷/f;;

२ माघ, काठमाडौँ : विदेशी नागरिक, चालक दलका सदस्यको शव ल्याउन नेपाली सेनाको हेलिकोप्टर पोखरा पुगेको छ ।

यति एयरलाइन्सले सूचना निकाल्दै विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शवहरु काठमाडौं ल्याउनका लागि नेपाली सेनाको हेलिकोप्टर पोखरा पुगेको जानकारी दिएको छ ।

आइतरबार पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका व्यक्तिमध्ये ६९ जनाको शव फेला परेको छ । सोमध्ये ४१ जनाको शव पहिचान भइसकेको छ । पोखरामा शव बुझ्न चाहने परिवारजनलाई पोष्टमार्टम पश्चात् शव बुझाइने एयरलाइन्सले जनाएको छ ।  दुर्घटनामा निधन भएका यात्रुहरुका शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

Exit mobile version