२० माघ, मेचीनगर : झापाको मेचीनगर—६ स्थित एसएस फूटवेयर जुत्ता उद्योगमा बिहीबार आगलागी हुँदा साढे ८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले प्रारम्भिक विवरण संकलन गरेको छ । श्याम पिन्टु खेतानले सञ्चालन गर्नुभएको जुत्ता उद्योगमा बिहान पौने ११ बजे उद्योगको स्टोर रुमबाट आगो शुरु भएको थियो ।

झापाको विर्तामोड, भद्रपुर, दमक नगरपालिका, कमल गाउँपालिका, मोरङको बेलवारी, कानेपोखरी, लेटाङ, उर्लावारी तथा इलामको सूर्याेदय नगरपालिका र भारतको पश्चिम बंगालका २ वटा गरी करीव १० वटाभन्दा बढी दमकल र स्थानीयवासी नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेनाले आगो निभाउने प्रयास गरेका थिए ।
यस उद्योगाले जुत्ता चप्पल उत्पादन गर्ने गरेको छ । यहाँबाट उत्पादन भएका जुत्ता चप्पल नेपालका स्थानीयदेखि विभिन्न बजारसम्म पुग्ने गरेको छ ।
फोटो फिचर(सुजन प्रधान) :