सिप सिकेर दक्ष बन्ने हो भने, कोहि पनि बेरोजगार बस्नु पर्दैनः नगर प्रमुख बुढाथोकी

१४ असार,  मेचीनगर : मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले व्यवसायीक सीप अहिलेको आवश्यकता रहेको बताएका छन् । बेरोजगर बन्ने युवाहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा सीप सिकेर दक्ष बन्ने हो भने, कोहि पनि बेरोजगार बस्नु नपर्ने उनको भनाइ छ।
प्रतिभा युवा परिवार मेचीनगरले आयोजना गरेको तीन महिने प्लाम्विङ तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले नेपालमा दक्ष जनशक्तिको अभाव खड्की रहेको अवस्थामा यस्ता व्यवसायीक तालिमले दक्ष जनशक्ति उत्पादन संगै युवाहरूको रोजगारीमा समेत टेवा पुग्ने बताए ।
कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, व्यवसायिक सिप विकाश तालिम केन्द्र भद्रपुरका प्रवक्ता गौतम पौड्याल, मेचीनगर कार्यापालिका सदस्य कबिता मिजार, मेचीनगर ८ की महिला सदस्य मनकुमारी गिरी, संस्थाका सल्लाहकार टिका भूषण आत्रेय, लालबहादुर थामी, प्रशिक्षक लोक बहादुर राउतलगायतले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई सिकेको सिप व्यवहारमा उतार्दै स्वरोजगार बन्न सुझाए ।
व्यवसायिक तथा सीप विकाश तालिम केन्द्र भद्रपुरको प्राविधिक सहयोगी रहेको तालिममा मेचीनगर क्षेत्रका १५ जना युवा सहभागी थिए । तालिममा सहभागी प्रशिक्षार्थी सुर्य भट्टराईले आफ्नै ठाँउमा व्यवसायिक सिप सिक्न पाउँदा खुशि लागेको बताउदैँ प्लाम्विङ तालिमले आफुहरुलाई रोजगारीका लागि थप हौसला मिलेको बताए ।
संस्थाका अध्यक्ष राजु गौतमको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा स्वागत मन्तव्य सचिव विकास राउतले गरेका थिए भने, सञ्चालन कार्यक्रम संयोजक संजय थामीले गरेका थिए ।
Exit mobile version