चितवन २ मा दिउँसो १ बजेदेखि मत गणना गर्ने सहमति

चितवन : चितवन २ मा दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति भएको छ। बिहान बसेको सर्वदलीय बैठकले मतगणना गर्ने सहमति भएको हो।

चितवनमा रास्वपाका सभापति रवि लामिछाने, एमालेका रामप्रसाद न्यौपाने र कांग्रेसका जितनारायण श्रेष्ठ प्रतिस्पर्धामा छन्।

रास्वपाका लामिछानेले आचारसंहित उल्लंघन गरेको भन्दै कांग्रेसले निर्वाचन आयोगमा दिएको उजुरीबारे निर्णय नभएसम्म मत गणना गर्न नदिने अडानको कारणले मत गणना सुरु गर्न ढिलाइ भएको हो।

मंसिर ४ को निर्वाचनमा लामिछाने भारी मतान्तरसहित सो क्षेत्रमा विजयी भएका थिए।

Exit mobile version