चितवन २ को मतगणनामा रवि उक्लिए दोश्रो स्थानमा

६ मंसिर, चितवन : चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन् । यसअघि तेस्रो स्थानमा रहेका उनको मतको अग्रता बढ्न थालेको हो । पछिल्लो अपडेट अनुसार लामिछानेले २ हजार ४९४ मत पाएका छन् ।

पहिलो स्थानमा एमालेका कृष्णभक्त पोखरेलले २ हजार ९ सय १९ मत पाएका छन् । तेस्रो स्थानमा रहेका कांग्रेसका उमेश श्रेष्ठले २ हजार ३४० मत पाएका छन् । यो परिणाम ८ हजार २२७ मत गन्दासम्मको हो ।

 

 

यसअघिको समाचारमा अन्यथा पर्न गएकोले क्षमायाचना सहित सच्याइएको छ ।

Exit mobile version