जेनजी आन्दोलनलगत्तै मेयर बालेनलाई अख्तियार प्रमुखको फोन: ‘जोगाउन चाहँदाचाहँदै पनि नसक्ने अवस्थामा पुगेको छु’

Photo collage of two prominent Nepali officials. On the left is Mayor Balen Shah, wearing a black suit jacket and a black shirt, with short graying hair and a beard. On the right is Chief Commissioner of the Commission for Investigation of Abuse of Authority Prem Kumar Rai, wearing a traditional Nepali attire, including a Dhaka topi hat, glasses, and a light-colored suit with a white shirt.

अख्तियार प्रमुख र मेयर बालेनबीचको भेट

काठमाडौँ । देशमा विकसित भएको पछिल्लो ‘जेनजी (Gen-Z) आन्दोलन’ को केही दिनपछि नै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहमाथि कानुनी र राजनीतिक दबाब बढेको संकेत मिलेको छ। मेयर बालेन निकट उच्च स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले बालेनलाई सिधै मोबाइलमा फोन गरेर सतर्क गराएका छन्।

सामान्य शिष्टाचारका शब्दहरू समेत नसकिँदै अख्तियार प्रमुख राईले फोनमा भनेका थिए, “मेयरसाप, तपाईंमाथि मुद्दा चलाउने मेरो कुनै व्यक्तिगत इच्छा थिएन। तर, अहिले मकहाँ तपाईं विरुद्धका केही यस्ता संवेदनशील फाइलहरू आइपुगेका छन्, जसका कारण मैले चाहेर पनि तपाईंलाई जोगाउन नसक्ने अवस्था सिर्जना भएको छ।”

यो संवादले राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरेको छ। बालेनको बढ्दो लोकप्रियता र आन्दोलनपछिको राजनीतिक समीकरणका बिच अख्तियारमा फाइलहरू पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Exit mobile version