एकीकृत पाठ्याक्रम सम्बन्धी गोष्ठी सम्पन्न

६ साउन, मेचीनगर : एकीकृत पाठ्यक्रम सम्बन्धी २ दिने कार्याशाला गोष्ठी सम्पन्न भएको छ । नेशनल प्याब्सन मेचीनगरको आयोजना तथा सिटिएफ नेपालको प्राविधिक सहयोगमा राष्ट्रिय पाठ्याक्रम प्रारुप २०७६ को कार्यान्वयनमा शिक्षकको पेशागत विकासका लागि कार्यक्रमको आयोजना गरिएको थियो ।
२ दिन सम्म सञ्चालित कार्याशालाबाट नयाँ एकीकृत पाठ्याक्रमको बारेमा विविध जानकारी गराइनुका साथै पाठ योजना सम्बन्धी सहजीकरण गरिएको थियो । कार्यक्रममा विषय विज्ञद्वय दिनेश थापा एवम् निर्मला पौडेलले सहजीकरण गर्नुभएको थियो ।
मेचीनगरका विभिन्न ९ वटा विद्यालयका ७१ जना शिक्षक शिक्षिका सहभागी कार्यक्रममा समूह विभाजन गरेर तयार पारिएको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।
गोष्ठीकोे समापन समारोहको प्रमुख अतिथि समेत रहनु भएका उपसचिव एवम् मेचीनगर शिक्षा प्रमुख होमनाथ भण्डारी ज्यूले सहभागीहरुलाई एकीकृत पाठ्याक्रमको बारेमा जानकारी गराउनुका साथै स्थानीय पाठ्याक्रमको बारेमा अभिमुखीकरण गर्नु भएको थियो । कार्यक्रममा सम्पूर्ण सहभागीहरुलाई प्रमुख अतिथि भण्डारीले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रममा सूर्योदय आवासीय माविका प्रधानाध्यापक शिव मैनाली, अरुणोदय आवासीय माविका प्रधानाध्यापक दुर्गाबहादुर लुइटेल, आदर्श विद्या मन्दिरका प्रधानाध्यापक एवम् एनप्याब्सन मेचीनगरका सचिव कविन्द्र श्रेष्ठ, माँ सरस्वती एजुकेशन फाउण्डेशनका प्रधानाध्यापक दिपेन्द्र प्रधान, सिताराम सामुदायिक माविका सह–प्रधानाध्यापक नवराज सुवेदी, एनप्याब्सन मेचीनगरका पूर्व परीक्षा संयोजक तुलसीप्रसाद आचार्यको आतिथ्यता रहेको थियो ।

एनप्याब्सन मेचीनगरका अध्यक्ष भगिरथ राईको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन एनप्याब्सन झापाका सदस्य एवम् अंशु एकाडेमीका प्रधानाध्यापक किरण अधिकारीले गर्नुभएको थियो ।

Exit mobile version