हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे १०० दिनका उपलब्धि

२ भाद्र, सुनसरी  : सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले १०० दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले बिहीबार बिहान १३ बुँदे प्रगति विवरण सार्वजनिक गरेका हुन्।

उनी लेख्छन्,

१०० दिनमा के गरिस् तँले भन्ने, प्रश्न सोध्नेलाई मेरो उत्तर–

नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरु गरेँ।

चार ठाउँबाट खानेपानीको मुहान थपेँ।

व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ।

६ लाख बिरुवा रोपेँ।

सरसफाइमा देखिने सुधार ल्याएँ।

प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ।

जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालेँ।

बाटो मर्मतसम्भार तथा तटबन्धन, विपद् व्यवस्थापन।

लागुऔषध विरुद्धको अभियान सुरु गरेँ

योजनाहरूका लागि बजेटको जोहो गराएँ।

पारदर्शी हिसाब किताब सार्वजनिक गरेँ।

पालिकाका सेवामा तिव्रता र प्रष्टता ल्याइदिएँ।

शिक्षा, स्वास्थ्य संस्थाहरूमा सुधार ल्याएँ।

 

Exit mobile version