बालकृष्ण थापाको पहलमा फहराइयो राष्ट्रिय झण्डा

२८ चैत्र, काँकरभिट्टा : नेपालको पूर्वी नाका मेची पुलमा नयाँ राष्ट्रिय झण्डा फहराइएको छ । स्थानीय समाजसेवी बालकृष्ण थापाको पहलमा राष्ट्रिय झण्डा राखिएको हो । राष्ट्रप्रति गौरव महसुस हुने झण्डा पूर्वी सिमानामा राखिएको हो ।
चन्द्र सूर्य अंकित उक्त राष्ट्रिय झण्डा प्रवेशद्वारमा फहराइएको छ । दुई देश बीचको सिमानामा राष्ट्रियता दर्शाउन स्थानीय स्तरबाट झण्डा राखिएको थियो । सो झण्डा च्यातिएपछि नयाँ झण्डा फहराइएको समाजसेवी थापाले बताए ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाको समन्वयमा झण्डा फहराइएको हो । सो अवसरमा जनपथ, शसस्त्र प्रहरी, संचारकर्मी, स्थानीयको उपस्थिति रहेको थियो ।

Exit mobile version