मेचीनगर नगरपालिकाको प्रमुख र उपप्रमुखमा बुडाथोकी र पोखरेल निर्वाचित

१० जेठ, मेचीनगर : मेचीनगर नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेद्वार निर्वाचित हुनु भएको छ ।
नगर प्रमुखमा एमालेका गोपालचन्द्र बुढाथोकीले २६४७८ मत प्राप्त गरी नगर प्रमुखमा विजयी हुनु भएको छ ।

वहाँको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका इन्द्रबहादुर बुडाथोकी भन्दा ५१६७ बढी मत प्राप्त गर्नुभएको हो । काँग्रेसका बुडाथोकीले २१३११ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै मेचीनगर नगरपालिका उप–प्रमुखमा मीनाकुमारी पोखरेल २१५९० मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । वहाँको निकटतम प्रतिद्वन्दी नेकपा माओवादीका प्रकाश भण्डारी भन्दा ८७७२ बढी मत प्राप्त गर्नुभएको हो । माओवादीका भण्डारीले १२८१८ मत प्राप्त प्राप्त गर्नु भएको छ ।

Exit mobile version