मेचीनगरमा नयाँ अनलाइन पत्रिका सुदूरपूर्व डटकमको समुद्घाटन

५ कार्तिक, काँकरभिट्टा : प्रेस क्लब मेचीनगनगरका उपाध्यक्ष जि.आर. धितालले सुदूरपूर्वडटकम नामक अनलाइनको विधिवत् सुरुवात गर्नुभएको छ । प्रेस क्लब मेचीनगरको सभाहलमा आयोजित एक कार्यक्रम बीच पत्रकार महासंघ झापाका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि एकराज गिरीले अनलाइनको डोमिन लगइन गरी विधिवत् रुपमा अनलाइनलाई सार्वजनिक गर्नुभएको थियो ।यो अनलाइन सँगै मेचीनगरमा अनलाइनको संख्या ८ पुगेको छ । शिक्षा क्षेत्रको समाचारलाई प्रमुख समाचारको रुपमा पस्कने उद्देश्य सहित यो अनलाइन सुरु गरिएको अनलाइनका प्रधान सम्पादक एवम् सञ्चालक जि.आर. धितालले बताउनु भयो ।

उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष मोहन काजी, प्रेस क्लब मेचीनगरका पूर्व अध्यक्षद्वय ज्ञानेन्द्र निरौंला तथा मुक्ति पौडेल, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराल, देवी मा.वि. बिर्तामोडका सह–प्रधानाध्यापक लिलाप्रसाद भण्डारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा कान्तिपुर दैनिकका पत्रकार पर्वत पोर्तेल, प्रेस क्लब मेचीनगरका सचिव देबु बानियाँ, सह सचिव दिलिप थापा, छड्के अनुसंधान साप्ताहिकका सम्पादक खगेन्द्र घिमिरे, प्रेस चौंतारी झापाका सचिव प्रकाश पौंडेल, मेरो मेचीनगर डटकमका प्रधान सम्पादक दुर्गाबहादुर लुइटेल लगायत संचारकर्मीहरुको बाक्लो उपस्थिति थियो ।

अनलाइनका सहकर्मी विनिशा शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको अध्यक्षता संचारकर्मी एवम् संचालक जि.आर. धितालका दाजु राधाकृष्ण धितालले गर्नुभएको थियो ।

Exit mobile version